काठमाडौं। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत हालसम्म मतगणना सुरु भएका काठमाडौं उपत्यकासहित बाहिरका केही क्षेत्रको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रारम्भिक अग्रता लिएको देखिएको छ।
प्रारम्भिक नतिजाअनुसार रास्वपाले २२ स्थानमा अग्रता लिएको छ। एमालेले ३ स्थान र नेपाली कांग्रेस १ स्थानमा अगाडि छ।
अन्य दलहरू भने हालसम्म मतगणना भएका क्षेत्रमा अग्रतामा देखिएका छैनन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य दलहरूले हालसम्म कुनै क्षेत्रमा अग्रता लिन सकेका छैनन्।
निर्वाचन आयोगका अनुसार देशभर मतगणना क्रमशः सुरु भइरहेको छ र प्रारम्भिक परिणाम आउने क्रम जारी रहेको छ। मतगणना अघि बढ्दै जाँदा नतिजामा परिवर्तन आउने सम्भावना रहेको आयोगले जनाएको छ।
धेरै निर्वाचन क्षेत्रमा भने मतपेटिका संकलन तथा सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने निर्वाचन कार्यालयहरूले जनाएका छन्।





