विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ र ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर ४ बाट सन्तोष राजवंशी र क्षेत्र नम्बर ६ बाट रुबिना आचार्य विजयी भएकी हुन् ।

आचार्य ५५ हजार ५१३ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी डा। शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गरेका छन् । मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशी ४०८३३ मतसहित विजयी भए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गरे । घिमिरेले १२८१८ मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया