सरिता सुनार र अर्जुनको स्वर रहेको पराई मान्छेमा प्रेम र वियोगको कथा
काठमाडौँ । गायक अर्जुन गहतराजको पराई मान्छे बोलको गीतको भिडियो रिलिज भएको छ । सरिता सुनार र अर्जुनको स्वर रहेको पराई मान्छेले प्रेम र वियोगको कथालाई नजिकबाट केलाएको छ । गायक स्वयमकै शब्द संगीत रहेको सार्वजनिक गीतको भिडियोमा आँफुलाई भन्दा बढी माया गरेको मान्छे टाढिँदाको कथालाई भिडियोमा निर्देशक विशाल बरालले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । जसमा मोडलद्धय अर्जुन र आश्मा कँडेल मज्जैले खुलेका छन...









