मेराे देश नेपाल सार्वजनिक
काठमाण्डौं । चेतन राईको स्वर तथा संगीत रहेको गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ । नेपाली मौलिक संगीत, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मेरो देश नेपाल’ गीत तथा भिडियो सार्वजनिक गरिएको हो । विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा संगीतप्रेमी, साहित्यकार तथा कलाकारहरूको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व उपसचिव तथा भाषा आयोगकी स...









