‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर बनेपामा एक साथ ४ विजेता छानिए
काभ्रेपलान्चोक – काभ्रे जिल्लाको मुटु बनेपा बाट एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् ।
शनिबार बनेपाको आइटी पार्कमा रहेको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न प्रतियोगिता बाट ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् ।
सातौं संस्करण ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ बनेपाको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न भएको हो ।
रेडियन्ट इभेन्ट म्य...









