रन्जु कोइराला , काठमाण्डौंं ।
जानुका तामाङ र सीतल गुरुङको स्वरमा सजिएको नयाँ गीत ‘यो प्रदेशी जीवन | यो परदेशी जीवन’ सार्वजनिक गरिएको छ। परदेशी जीवनका पीडा, संघर्ष र भावनालाई गीतमार्फत प्रस्तुत गरिएको यस गीतले वैदेशिक रोजगारीमा रहेका नेपालीको यथार्थ कथा बोलेको छ।
गीतका शब्द तथा संगीत अर्जुन गुरुङले तयार पारेका हुन्। व्यवस्थापकको भूमिकामा तिलक ओली रहेका छन् भने गीतको अडियो रेकर्डिङ मलिका स्टुडियोमा गरिएको हो।
गीतको भिडियोमा मुकेश गुरुङ, सञ्चिता शाही, नव थापा, सुदीप कोइराला र एला पुरीको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन मुकेश हुमागाईंले गरेका हुन् भने सम्पादनको जिम्मा नविन बोहराले सम्हालेका छन्।
परदेशी जीवनका कथा र भावनालाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोको निर्देशन तथा कथा बबिता श्रेष्ठ मालेखुले गरेका हुन्। सहायक निर्देशकका रूपमा सुजल शाही रहेका छन्। गीतका निर्माता स्वयं अर्जुन गुरुङ हुन्।
भावनात्मक प्रस्तुति र सशक्त कथावस्तुका कारण ‘यो प्रदेशी जीवन | यो परदेशी जीवन’ दर्शक–श्रोतामाझ चर्चा बटुल्ने अपेक्षा गरिएको छ।





