काठमाडौँ । गायक अर्जुन गहतराजको पराई मान्छे बोलको गीतको भिडियो रिलिज भएको छ । सरिता सुनार र अर्जुनको स्वर रहेको पराई मान्छेले प्रेम र वियोगको कथालाई नजिकबाट केलाएको छ । गायक स्वयमकै शब्द संगीत रहेको सार्वजनिक गीतको भिडियोमा आँफुलाई भन्दा बढी माया गरेको मान्छे टाढिँदाको कथालाई भिडियोमा निर्देशक विशाल बरालले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । जसमा मोडलद्धय अर्जुन र आश्मा कँडेल मज्जैले खुलेका छन् । नार्गाजुनमा छायांकन गरिएको भिडियोको कथा पनि गायक स्वयमकै हो । पूर्ण संयोगको संगीत संयोजन रहेको सार्वजनिक गीतको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन् । सुवा अधिकारी, मन्जु खड्का र सहदेव गिरीको विशेष सहयोगमा यो भिडियो तयार भएको हो । जुन अर्जुन गहतराज अफिसियलबाट बजारमा आएको हो ।
सरिता सुनार र अर्जुनको स्वर रहेको पराई मान्छेमा प्रेम र वियोगको कथा





