काठमाडौँ । गायिका शान्तीश्री परियार र गौरव गिरीको स्वर रहेको सुन मायालु बोलको गीतको भिडियो रिलिज गरिएको छ । लोक पप शैलीमा तयार गरिएको भिडियोमा बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ । भिडियोमा गायक गिरी स्यमकै अभिनय रहेको छ भने अभिनयमा गौरवलाई दीपा शाहीले साथ दिएकी छिन्। प्रेम रोमान्सले भरिएको भिडियो रिलिज भएको छोटो समयमा नै ठूलो संख्यामा टिकटक र रिल्स बनेका कारण गीतले चर्चा पाएको संगीतकार नागेन्द्र श्रेष्ठ बताउँछन्। गीतमा एरेन्ज केशव बडुको रहेको छ भने मिक्सिगं तथा मास्टरिगं श्याम श्वेत रसाईलीको रहेको छ। अनिल के मानन्धरको डिओपी रहेको भिडियोमा जयन्द्र कुँवरको छायांकन रहेको छ भने भिडियो निर्देशन पनि गायक गिरी स्वयमले नै गरेका हुन् । निरज सापकोटाको सम्पादन रहेको भिडियोमा गौरव र दीपाका अलावा जीवन थापा, सुरेश भट्ट, बब्लु गौतम, मोनिका सिंह र बबिता तिरुवाको पनि अभिनय देख्न सकिन्छ। भिडियोमा श्याम कुँवरको कलर रहेको छ। भिडियो संगीतकार नागेन्द्र श्रेष्ठको अफिसियल च्यानलबाट बजारमा आएको हो।
शान्तीश्री परियार र गौरव गिरीको सुन मायालुको चर्चा







