काठमाडौं । गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ गीत सार्वजनिक गरिएको छ। चन्द्र जयपाल राईको शब्द र राई नबिनकै संगीतमा तयार भएको यस गीतले श्रोतामाझ फरक स्वाद दिने अपेक्षा गरिएको छ।

गीतको व्यवस्थापन, मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी अनुभवी प्राविधिक राजु कार्कीले सम्हालेका छन्। ‘स्टुडियो किङ’मा रेकर्ड गरिएको यस गीतको रेकर्डिङ सुरेश पायल राईले गर्नुभएको हो। गीतको निर्माता बिना राई रहनुभएको छ।

संगीतसँगै भिडियो पक्ष पनि सशक्त बनाइएको छ। गीतको भिडियो निर्देशन धन खालिङले गर्नुभएको हो भने निर्माण जस्केलो क्रियशनले गरेको छ। भिडियोले गीतको भावनालाई जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।

कलात्मक प्रस्तुति, सशक्त शब्द र सुमधुर संगीतको संयोजनले गीतलाई विशेष बनाएको संगीतकर्मीहरूको भनाइ छ। सार्वजनिक भएसँगै गीतले राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया