अवैध कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ
चितवन । अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको आरोपमा चितवनको भरतपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले भारतका २५ वर्षीय कथराम नितिनलाई भरतपुर महानगरपालिका–२ आँपटारीस्थित एक घरबाट नियन्त्रणमा लिएको हो ।
नेपाल टेलिकम र एनसेल आजियाटाको प्राविधिक समन्वयमा गरिएको कारबाहीका क्रममा उनको साथबाट २६ थ...









