ताप्लेजुङ गोल्ड कपका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने
साहारा लिम्बु, ताप्लेजुङ, साउन १८ गते । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि मोटरसाइकल पुरस्कार पाउने भएका छन् । आगामी भदौ १२ गतेदेखि सुरु हुने प्रतियोगितालाई थप आकर्षक बनाउन आयोजक लाखेजात्रा सञ्चालन समिति र बजाज कम्पनीबीच मोटरसाइकल प्रायोजन सम्बन्धी सम्झौता भएको हो ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सा...









