शान्ति, सुरक्षा कायम गर्न सद्भाव र्‍याली

शान्ति, सुरक्षा कायम गर्न सद्भाव र्‍याली
सुधा देव भारदह (सप्तरी), साउन १५ गते । सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारमा शुक्रबार सद्भाव र्‍याली निकालेको छ । समाजमा बसोबास गर्ने सबै जना एक आपसमा मिलेर बस्न,धार्मिक तथा जातीय सद्भाव खलल पुग्ने कुनै पनि काम नगर्न सन्देश दिने उद्देश्यले र्‍याली निकालिएको हो । सुनसरीको देवानगञ्ज गाउँपालिकामा ३ कप्तानगञ्जमा भएको घटनाको विषयलाई लिएर भइरहेको आपसी मतभेद र विभिन्न घटनाहरूलाई ध्यानमा राखेर ...

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विदेशी विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विदेशी विनिमयदर सार्वजनिक
काठमाडौं, १५ साउन । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै प्रमुख अन्तर्राष्ट्रिय मुद्राको मूल्य अद्यावधिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलरदेखि युरो, पाउण्ड, अस्ट्रेलियन डलर तथा भारतीय रुपैयाँसम्मका विनिमयदर लागू हुनेछन्। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा कायम गरिएक...

हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोहण टोली बेपत्ता

हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोहण टोली बेपत्ता
काठमाडौँ । निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली विश्वकै अग्ला हिमालमध्ये एक पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो गएपछि बेपत्ता भएका छन् । पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वतशृंखलामा पर्ने ८,०४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो। त्यसपछि टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन। आरोहण टोलीमा एक अमेरिकी, एक चिनियाँ...

सीमाबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

सीमाबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य
सर्लाही, साउन १५ गते । सर्लाही जिल्ला सुरक्षा समितिले सीमा नाकामार्फत नेपाल प्रवेश गर्ने सबै यात्रुले आधिकारिक परिचय खुल्ने परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ। वर्तमान सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले छिमेकी मुलुकबाट सीमा नाकामार्फत नेपाल भित्रिने सबै यात्रुको परिचय यकिन गरी मात्र प्रवेश अनुमति दिने निर्णय गरेको ह...

सरकारी वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबीच आज पुनः वार्ता हुने

सरकारी वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबीच आज पुनः वार्ता हुने
काठमाडौँ । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबीच आज पुनः वार्ता हुने भएको छ । बिहीबार भएको वार्ता सकारात्मक र समाधानउन्मुख रहेको बताइएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्तपीडितसँग वार्ता गर्न समिति गठन गरेका थिए । बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् । समिति...

सप्तरीको बोदेबरसाइन क्षेत्रमा अर्को आदेश नभएसम्म कर्फ्यु

सप्तरीको बोदेबरसाइन क्षेत्रमा अर्को आदेश नभएसम्म कर्फ्यु
कल्याणपुर (सप्तरी), साउन १५ गते । सप्तरीको बोदेबरसाइन नगरपालिका क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय सप्तरीले अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको बिहीबार राति बसेको बैठकको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (१) बमोजिम प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कर्फ्यु आदेश जारी गर्नुभएको हो। जिल्ला प्रशासन कार्यालयद्वारा...

धनुषामा बिहान दुई घण्टा कर्फ्यु खुकुलो

धनुषामा बिहान दुई घण्टा कर्फ्यु खुकुलो
जनकपुरधाम, साउन १५ गते । जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै अहिले ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ । कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारी साधनलगायतका अत्यावश्यक सेवाहरू सुचालु रहने छन् । त्यसैग...

सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह

सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह
काठमाडौँ- नेपाल उद्योग परिसङ्घले पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति चासो व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ । परिसङ्घले नेपाल सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएकाले त्यसलाई जोगाइराख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ । विज्ञप्तिमार्फत परिसङ्घले कुनै पनि समस्या, असन्तुष्टि वा विवाद...

देवानगञ्ज घटनामा ६ बुँदे सहमति

देवानगञ्ज घटनामा ६ बुँदे सहमति
काठमाडौँ, साउन १५ गते । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा साउन १० गते भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबिच ६ बुँदे सहमति भएको छ। सहमतिअनुसार नेपाल सरकारसमक्ष दुवै मृतकलाई शहीद घोषणा गर्न प्रक्रिया तत्काल अघि बढाइने तथा मृतकका परिवारलाई जनही १० लाख रुपियाँ राहत उपलब्ध गराइनेछ। यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्र...

सरकारी टोली र लघुवित्त पीडित संघर्ष समितिबीच आज पुनः वार्ता, जुट्ला सहमति?

सरकारी टोली र लघुवित्त पीडित संघर्ष समितिबीच आज पुनः वार्ता, जुट्ला सहमति?
काठमाडौं। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त पीडित संघर्ष समितिबीच आज पुनः वार्ता हुने भएको छ। बिहीबार भएको वार्ता सकारात्मक र समाधानउन्मुख रहेको बताइएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका थिए। बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन्। समिति सदस्...