पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण
पाेखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निर्णायक पहल सुरु भएको छ । संयुक्त अरब इमिरेट्सको प्रख्यात वायुसेवा कम्पनी फ्लाई दुबईका जोखिम व्यवस्थापन सम्बन्धी उपाध्यक्ष एड्रियन लुकास सहितको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत स्थलगत निरीक्षण र उच्च स्तरीय छलफल गरेको छ ।
लुकास नेतृत्वको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका म...









