मोरङ, असोज २२ — सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर मोरङअन्तर्गतका विभिन्न सीमा सुरक्षा इकाइले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको किराना सामान, लत्ताकपडा, औषधि तथा तीन वटा मोटरसाइकल बरामद गरेको छ।
सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानी, बीओपी सिक्टी, बीओपी जहदा भुटाहा तथा बीओपी रंगेली मोरङबाट खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानीका क्रममा उक्त सामान बरामद गरेको हो।
बरामद गरिएका मोटरसाइकल तथा सामानको कुल भन्सार मूल्य रु. ९ लाख ५ हजार ४ सय ९० रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामग्री आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय, विराटनगरमा दाखिला गरिएको छ।





