काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धनुषा घर भएका ४१ वर्षीय योगेन्द्र राउत यादव, भक्तपुर, भक्तपुर नगरपालिका-४ बस्ने २५ वर्षीया एलिसा मधिकर्मी, ललितपुर महानगरपालिका-१४ बस्ने दार्चुला घर भएका २९ वर्षीय हरिस सिंह महरा र काठमाडौँ महानगरपालिका-३२ बस्ने बारा घर भएका ४५ वर्षीय राजेश प्रसाद जयसवाल रहेका छन् ।
पक्राउ परेकामध्ये योगेन्द्रले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ, एलिसाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ, हरिसले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख ९१ हजार रूपैयाँ र राजेशले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए।
उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।





