प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
काठमाडौं । तीन दिनसम्म दरबारमार्गको दरबार रोधी क्लब लोकसंगीतको रंगमा रंगियो। एकातिर वरिष्ठ गायक प्रेमराजा महतदेखि विश्व दोङसम्मका चर्चित कलाकारले दर्शकलाई नचाए, अर्कोतिर दृष्टिविहीन तथा संघर्षरत कलाकारप्रति सहयोगको हात बढाउँदै क्लबले सामाजिक उत्तरदायित्वको उदाहरण पनि प्रस्तुत गर्यो।
२९ जेठदेखि १८औँ वार्षिकोत्सवको अवसरमा आयोजित सांगीतिक उत्सवमा प्रेमराजा महतको ‘माया भेटियो बन्दीपुरै...









