विराटनगरका सक्रिय समाजसेवी भगवान लाल साहको ९६ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
१९८७ साल बैशाख १ गते जन्मिएका उनको सोमबार विराट टिचिङ्ग अस्पतालमा उपचारको क्रममा निधन भएको हो । साह एक सफल उद्योगी पनि हुन् । उनी विभिन्न संघ संस्थामा सक्रिय थिए । साहले अखिल नेपाल वैश्य सेवा समिति विराटनगरको संस्थापक एवं पूर्व अध्यक्ष, पञ्चमुखी हनुमान मन्दिर एवं श्रीराम दरबार सञ्चालक समितिका पूर्व अध्यक्ष , शितल धर्मशालाको पूर्व अध्यक्ष, वैश्य समाजको वरीष्ठ सल्लाहकारका रूपमा समाजलाई अतुलनीय योगदान गरेका थिए ।
साहका २ छोरा र १ छोरी छन् । साहको हाटखोला विश्रान्ती घाटमा सोमबार नै दाहसंस्कार गरियो ।
रहेनन् समाजसेवी साह







