एयरबस ए-३८० को व्यावसायिक यात्रा अन्त्य हुदै

एयरबस ए-३८० को व्यावसायिक यात्रा अन्त्य हुदै
काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमानमध्ये एक एयरबस ए-३८० को व्यावसायिक यात्रा अन्त्यतिर पुगेको छ । अस्ट्रेलियाको राष्ट्रिय वायुसेवा कम्पनी क्वान्टासले आफ्ना १० वटा ए-३८० विमानलाई सन् २०२८ देखि क्रमशः सेवाबाट हटाउने निर्णय गरेको छ । यसअघि सन् २०३२ सम्म सञ्चालन गर्ने योजना रहे पनि बढ्दो इन्धन तथा मर्मत खर्च, विमान पुरानो हुँदै जानु र आवश्यक पुर्जा पाउन कठिन हुन थालेपछि क्वान्टासले सम...

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता
काठमाडौं, २९ भदौ । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार ३९२ जनाको शव फेला परेको छ भने चार हजार ८९ जना अझै सम्पर्कविहीन रहेका छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उद्धार तथा खोजी कार्य जारी छ। फेला परेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला र ५१४ वटा आंशिक अङ्ग मात्र रहेका छन्। जसमध्ये हालसम्म १०३ वटा शवको सनाखत गरी आफन्तलाई हस्तान्तरण गरिसकिएको प्रहरीले जनाएको छ...

कृष्णभीर सडकखण्ड असोज १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी

कृष्णभीर सडकखण्ड असोज १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी
काठमाडौँ । त्रिशूली नदीको बाढीले क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सडक विभागले असोज १ गतेदेखि उक्त खण्डमा यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ । २०८३ भदौ १० र १४ गते आएको विनाशकारी बाढीले कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । त्यसपछि सडक विभागले नयाँ मार्...

आज हरितालिका तीज पर्व मनाइदै

आज हरितालिका तीज पर्व मनाइदै
काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरी...

आज ६२औँ राष्ट्रिय बाल दिवस

आज ६२औँ राष्ट्रिय बाल दिवस
काठमाडौँ । आज ६२औँ राष्ट्रिय बाल दिवस रहेको छ । यस बर्षको बाल दिवसको नारा 'बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी' तय गरिएको छ । विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थ...

‘विद्यार्थीहरुलाई औपचारिक शिक्षासँगै प्राविधिक ज्ञान र व्यावहारिक सिप तथा आचरण विकास गराउने प्रयासमा छौँ’ – प्रवक्ता मानन्धर

‘विद्यार्थीहरुलाई औपचारिक शिक्षासँगै प्राविधिक ज्ञान र व्यावहारिक सिप तथा आचरण विकास गराउने प्रयासमा छौँ’ – प्रवक्ता मानन्धर
काठमाडौँ । बालबालिकाहरुलाई औपचारिक शिक्षासँगै प्राविधिक र व्यावहारिक सिप तथा आचरण विकासमा काम गरिरहेको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले, अहिले पढाइमा राम्रो अंक ल्याएसँगै परिवारलाई सम्मान गर्न जान्ने नागरिक उत्पादन गर्नु पर्ने बेला आएको धारणा राख्नुभएको छ । वडा नं. १७ भित्रबाट गएको वर्ष एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई शैक्षिक प्रोत्साहनका वडाले आयोजना गरेको सम्मान कार्य...

काठमाडौँमा टोल-टोलमा निःशुल्क योग र ध्यान केन्द्र सञ्चालन गरिने

काठमाडौँमा टोल-टोलमा निःशुल्क योग र ध्यान केन्द्र सञ्चालन गरिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टोल–टोलमा निःशुल्क योग, ध्यान, प्राणायाम तथा व्यायामका कार्यक्रम सञ्चालन गरी काठमाडौँलाई ‘आरोग्य सहर’ बनाउने अभियान अघि बढाउने भएको छ । यसका लागि महानगरपालिका र जीवन विज्ञान प्रतिष्ठानबीच सहकार्य गर्ने समझदारी भएको छ । समझदारीअनुसार शारीरिक, मानसिक, ऊर्जागत, भावनात्मक र बौद्धिक आरोग्यलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिनेछ । महानगरभित्र स्थानीयको माग र...

काठमाडौं महानगर प्रहरीको भूमिका प्रशंसनीय : आईजीपी कार्की

काठमाडौं महानगर प्रहरीको भूमिका प्रशंसनीय : आईजीपी कार्की
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाडौं महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी कार्कीले संघीय राजधानी काठमाडौं राजनीतिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक तथा पर्यटकीय गतिवि...

भोटेकोशी बाढीले क्षति पुर्‍याएको सडक निर्माण तीव्र

भोटेकोशी बाढीले क्षति पुर्‍याएको सडक निर्माण तीव्र
धादिङ। रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि क्षतिग्रस्त बनेको गल्छी-रसुवागढी सडक खण्डअन्तर्गत महादेव फाँट-छबिसे सडकको पुन:र्निर्माण तथा मर्मत कार्य तीव्र पारिएको छ।   भदौ १० गते आएको भीषण बाढीका कारण त्रिशुली नदीमा आएको ठूलो बहावले सडकको तल्लो भाग कटान गरेपछि महादेव फाँट-छबिसे क्षेत्रमा सडकको संरचना कमजोर बनेको थियो। नदीको निरन्तर कटानका कारण सडकको केही भाग भासिएपछि उ...

रूकुममा जिप दुर्घटना : दुई जनाको मृत्यु, ९ जना घाइते

रूकुममा जिप दुर्घटना : दुई जनाको मृत्यु, ९ जना घाइते
सुर्खेत। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी–९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप आइतबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा दुई जनाको मृत्...