काठमाडौँ — पत्रकार विश्वमणि सुवेदीलाई समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । सुवेदीलाई कार्यरत संस्था नेपाल प्रेसको कार्यालयबाट शुक्रबार नियन्त्रणमा लिइएको हो ।

साइबर ब्युरोका एसपी दिपक अवस्थीले कान्तिपुरसँग भने, ‘ उहाँसहित अरु केहीसँग पनि सोधपुछ गर्नुपर्ने भएकोले साइबर ब्युरो ल्याइएको हो ।’

सुवेदीलाई सादा पोसाकका प्रहरीले पक्राउ गरेर लगेको नेपाल प्रेसले समाचार लेखेको छ । नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलले भने, ‘समाचार कक्षमा काम गरिरहेका बेला सादा पोसाकमा आएका दुई प्रहरीले छलफलका लागि जानु पर्‍यो भनेर लिएर गएका छन् ।’ उनले सुवेदीलाई साइबर ब्युरो लगिएको भन्ने थाह पाएपछि आफूहरु ब्युरो जान लागेको बताए ।

तपाईको प्रतिक्रिया