इटहरीमा मध्यराति दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीका दुई कर्मचारीको मृत्यु
सुनसरी । इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार बिहान २: ५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालक इनरुवा नगरपालिका–३ का २९ वर्षीय पारस थापा र पछाडि सवार सोही स्थानका ३४ वर्षीय सागर रेग्मीको उपचारक...









