विदेश घुम्ने प्याकेज भन्दै झन्डै तीन करोड ठगी, नेपालीसहित सात जना पक्राउ
काठमाडौं। काठमाडौं महानगर १० स्थित थापागाउँमा श्रीटेल होलिडेज नामको ट्राभल एजेन्सी ठगी गरेको आरोपमा सात जनालाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा ६ जना भारतीय र एक जना नेपाली छन्।
सर्वसाधारणलाई युरोप, एसिया र अफ्रिकालगायतका १७५ देशमा पर्यटक भिसामा घुम्न पठाउने ‘प्याकेज अफर’ देखाउँदै ठगी आरोपमा उनीहरुलाई पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ३ मा थापागाउँस्थित सो ट्राभलको ...









