तेस्रो संस्करणको तरहरा रनको यू–१६ विधामा उर्लाबारीकी मन्दिरा महतरा प्रथम

तेस्रो संस्करणको तरहरा रनको यू–१६ विधामा उर्लाबारीकी मन्दिरा महतरा प्रथम
७ चैत/ उर्लाबारी सुनसरीको तरहरा चोकमा शनिबार सम्पन्न तेस्रो संस्करणको तरहरा रन २०८२ मा उर्लाबारी रनर समूहकी मन्दिरा महतरा यू–१६ विधामा प्रथम भएकी छन्। १० किलोमिटर दौडअन्तर्गत यू–१६ महिला विधामा उत्कृष्ट प्रदर्शन गर्दै महतराले पहिलो स्थान हासिल गरेकी हुन्। जितसँगै उनले नगद १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन्। शनिबार बिहान आयोजित उक्त रनमा नेपालका विभिन्न स्थानका साथै भारतबाट समे...

कपिलवस्तुको महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा

कपिलवस्तुको महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा
तौलिहवा(कपिलवस्तु), चैत्र ७ गते । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार निमित्त प्रमुख जिल्ला अधिकारीबाट स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो । जारी आदेशअनुसार चैत ७ गते दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी तोकिएका क्षेत्रमा कुनै किसिमको भेला, सभा...

केरालामा बर्ड फ्लूको प्रकोपः हजारौँ चरा नष्ट गर्ने निर्णय

केरालामा बर्ड फ्लूको प्रकोपः हजारौँ चरा नष्ट गर्ने निर्णय
भारतको दक्षिणी राज्य केरालामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको पुष्टि भएपछि अधिकारीहरूले २० हजारभन्दा बढी चरालाई नष्ट गर्ने आदेश दिएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार प्रभावित क्षेत्र कोझिकोड र अलप्पुझा जिल्लामा नियन्त्रणका लागि यस्तो कदम चालिएको हो। कोझिकोडमा करिब १४ हजार २२८ र अलप्पुझामा ५ हजार ९६१ वटा चरालाई नष्ट गरिनेछ। उक्त निर्णय नेशनल इन्स्टिच्युट अफ हाई सेक्युरिटी एनिमल डिजि...

उर्लाबारी प्रहरीको कमाण्ड पहिलोपटक महिलाले सम्हाल्ने

उर्लाबारी प्रहरीको कमाण्ड  पहिलोपटक महिलाले सम्हाल्ने
उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीको कमाण्ड सोमबारदेखि पहिलोपटक महिला प्रहरी निरीक्षक नवीना वलीले सम्हाल्ने भएकी छन्। उनी उपत्यका प्रहरी कार्यालय उजुरी छानबिन तथा मानवअधिकार शाखा, रानीपोखरी, काठमाडौंबाट सरुवा भएकी हुन्। अघिल्लो इन्चार्ज प्रहरी निरीक्षक रञ्जन बराल सुनसरीको दुहबीस्थित विशेष सुरक्षा गणमा सरुवा भएका छन्। यससँगै प्रहरी मुख्यालयले २४ इन्सपेक्टरको सरुवा गरेको छ। वि.सं. २०५० ...

उर्लाबारीमा दुई बस ठोक्किँदा ९ जना घाइते

उर्लाबारीमा दुई बस ठोक्किँदा ९ जना घाइते
विराटनगर । मोरङको उर्लाबारीमा बस एकआपसमा ठोकिएर सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–४ आइतबारेमा २ वटा बस एकआपसमा ठोक्किँदा ९ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बर्ड फ्लु पुष्टि: मोरङका दुई क्षेत्रमा सतर्कता कडा

बर्ड फ्लु पुष्टि: मोरङका  दुई क्षेत्रमा सतर्कता कडा
मोरङ । पशु सेवा विभागले मोरङ जिल्लाका सुन्दरहरैचा नगरपालिका-४ र उर्लाबारी नगरपालिका-८ मा बर्ड फ्लु (H5N1) संक्रमण पुष्टि भएको जनाएको छ। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट चैत ४ गते उच्च संक्रामक एभियन इन्फ्लुएन्जा देखिएको हो। सरकारको निर्णयअनुसार प्रभावित क्षेत्रलाई नियन्त्रण क्षेत्र घोषणा गरी पन्छी, अण्डा तथा सम्बन्धित सामग्री नष्ट गर्ने र निःसंक्रमण गर्ने काम सुरु ग...

मोरङको सुन्दरहरैंचामा बर्डफ्लु पुष्टि, सतर्कता अपनाउन नगरपालिकाको आग्रह

मोरङको सुन्दरहरैंचामा बर्डफ्लु पुष्टि, सतर्कता अपनाउन नगरपालिकाको आग्रह
मोरङको सुन्दरहरैंचा नगरपालिका-४ स्थित एक लेयर्स कुखुरा फार्ममा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) पुष्टि भएको छ। कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भए लगत्तै नगरपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै संक्रमण फैलिन नदिन तत्काल प्रतिबन्धात्मक र सावधानीका उपाय लागू गरिएको बताएका छन्। नगरपालिकाका अनुसार प्रभावित फार्म वरपरका कु...

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ: राष्ट्रपति

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ: राष्ट्रपति
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका छन् । इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले ईद (ईद उल फित्र) पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वासपनि व्यक्त गरेका छन् । सन्देशमा भनिएको छ,...

आज ईद उल फित्र पर्व मनाइँदै

आज ईद उल फित्र पर्व मनाइँदै
काठमाण्डौ - अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक दान ...

महिला सहकारीकर्मीहरूको शक्तिशाली सन्देश: “विराटनगर घोषणापत्र” जारी

महिला सहकारीकर्मीहरूको शक्तिशाली सन्देश: “विराटनगर घोषणापत्र” जारी
विराटनगर । जिल्ला सहकारी संघ लिमिटेड मोरङद्वारा विराटनगरमा आयोजित एक दिवसीय “महिला सहकारी गोष्ठी, २०८२” भव्य रूपमा सम्पन्न भएको छ । गोष्ठीमा सहभागी सयौं महिला सहकारीकर्मीहरूले सहकारी अभियानलाई सुदृढ, पारदर्शी र दिगो बनाउने प्रतिबद्धतासहित “विराटनगर घोषणापत्र” सार्वजनिक गरेका छन् । घोषणापत्रमार्फत सहकारीको मूल मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै गुणस्तरीय सहकारी अभियान निर्माण गर्ने अठोट व...