काठमाडौं। काठमाडौं महानगर १० स्थित थापागाउँमा श्रीटेल होलिडेज नामको ट्राभल एजेन्सी ठगी गरेको आरोपमा सात जनालाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा ६ जना भारतीय र एक जना नेपाली छन्।

सर्वसाधारणलाई युरोप, एसिया र अफ्रिकालगायतका १७५ देशमा पर्यटक भिसामा घुम्न पठाउने ‘प्याकेज अफर’ देखाउँदै ठगी आरोपमा उनीहरुलाई पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ३ मा थापागाउँस्थित सो ट्राभलको कार्यालयमा छापा मारेको थियो।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप घर भएका २६ वर्षीय विवेक रेग्मी, भारत घर भएका ३९ वर्षीय हुसेन सैयद, ४४ वर्षीय साजिद ओमर सैयद, ३४ वर्षीय महम्मद इमरान, ३३ वर्षीय मिर खालिद हुसेन, ४० वर्षीय रजाक महम्मद र ४२ वर्षीय समादा गिरी छन्। रेग्मीबाहेक सबै भारतीय नागरिक हुन्।

उनीहरूले २ करोड ७२ लाख रुपैयाँ असुल गरेको अनुसन्धानबाट पत्ता लागेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया