कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न
विराटनगर / विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आयोजना गरेको हो। कार्यक्रममा यातायात क्षेत्रमा लागू भइरहेका बीमा नीतिहरू, विद्यमान समस्या, मोटर बीमाको अवस्था तथा अनिवार्य तेस्रो पक्ष मोटर बीमाको कार्यान्वयनबारे विस्तृत रूपम...

विराटनगरमा तीन वर्षमा क्षयरोगबाट १३४ को मृत्यु

विराटनगरमा तीन वर्षमा क्षयरोगबाट १३४ को मृत्यु
विराटनगर / विराटनगरमा पछिल्ला तीन वर्षमा क्षयरोग (टिबी) बाट १३४ जनाको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ। नेपाल क्षयरोग निवारण संस्था, शाखा विराटनगरले विश्व क्षयरोग नियन्त्रण दिवसको सन्दर्भमा सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७८/७९ मा ४२, २०७९/८० मा ३१ र २०८०/८१ मा ६१ जनाको ज्यान गएको छ। उक्त संस्थाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १ हजार ५६ जना क्षयरोगी दर्ता भएका थिए। पछिल्लो आर्थिक वर्...

बुढीगंगाका आगलागी पीडित १२ परिवारलाई युवा संरक्षण मञ्चद्वारा खाद्यान्न वितरण

बुढीगंगाका आगलागी पीडित १२ परिवारलाई युवा संरक्षण मञ्चद्वारा खाद्यान्न वितरण
रन्जु कोईराला, विराटनगर / बुढीगंगामा भएको आगलागीबाट प्रभावित ऋषिदेव बस्तीका १२ परिवारलाई आज युवा संरक्षण मञ्चले राहत स्वरूप खाद्य सामग्री वितरण गरेको छ। आगलागीका कारण घर तथा दैनिक उपभोगका सामग्री गुमाएका पीडित परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। मञ्चकी अध्यक्ष निशा श्रेष्ठले पीडितहरूको अवस्था बुझ्दै तत्काल राहत उपलब्ध गराउनु आवश्यक रहेको बताइन्। उनले कठिन परिस्थित...

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने
काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस...

वीर अस्पतालमा भित्रियो अत्याधुनिक स्पेक्ट–सिटी उपकरण

वीर अस्पतालमा भित्रियो अत्याधुनिक स्पेक्ट–सिटी उपकरण
काठमाडौँ, चैत ११ गते । वीर अस्पतालले अत्याधुनिक ल्याब मेडिसन (स्पेक्ट, सिटी) उपकरण भित्र्याएको छ । अस्पतालको मेडिकल फिजिसिस्ट प्राडा. कञ्चनप्रसाद अधिकारीका अनुसार उक्त उपकरणको जडानको काम अन्तिम चरणमा रहेको छ । केही दिनमा सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँको भनाइ छ। उक्त उपकरण सञ्चालनमा आएपछि क्यान्सर, मुटु, हड्डी तथा मिर्गौला के कस्तो अवस्थामा कम गरिरहेको छ भन्ने पत्ता लाग्ने अधिकारीले जानकारी...

पीएम कपमा कर्णाली र मधेशको पहिलो जीत

पीएम कपमा कर्णाली र मधेशको पहिलो जीत
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा कर्णाली प्रदेश र मधेश प्रदेश विजयी भएका छन् । जनकपुरमा भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई १६ रनले हरायो । कर्णालीले दिएको १५२ रनको लक्ष्य पछ्याएको कोशीले ४४ ओभर ४ बलमा १३५ रन बनाउँदा सबै विकेट गुमायो । कोशीका दिपेश कँडेलले २६ रन बनाए । कर्णालीका दिनेश अधिकारीले ५ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको कर्...

अमेरिकाको न्यूयोर्कका एसेम्ली मेम्बर स्टेभेन रागाले गरे गायक बिजय लामालाई सम्मान

अमेरिकाको न्यूयोर्कका एसेम्ली मेम्बर स्टेभेन रागाले गरे गायक बिजय लामालाई सम्मान
काठमाडौँ । गायक बिजय लामा अमेरिकाको न्यूयोर्क सिटिमा सम्मानित भएका छन् । गायक लामालाई न्यूयोर्कका एसेम्ली मेम्बर स्टेभेन रागाले सम्मान गरेका हुन् । भोटेकोशी समाज अमेरिकाको आयोजनामा सम्पन्न ल्होसार साँझ २०२६ मा गायक लामाले आफ्ना चर्चित गीतहरु नखानु पानी तोङ्बाको, भोली फर्कि आउँछु आउँदिन, खासा बजार, लगायतका गीतहरु प्रस्तुत गरेका थिए । सैयौँको संख्यामा उपस्थित दर्शकहरु पनि गायक लामासँगै झुमेको दृ...

अब गोरेटो एजुकेशन कन्सलटेन्सीले बागबजारबाट पनि सेवा दिने

अब गोरेटो  एजुकेशन कन्सलटेन्सीले बागबजारबाट पनि सेवा दिने
काठमाडौँ । गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा पनि सञ्चालनमा ल्याएको छ। शुक्रबारदेखि सञ्चालनमा आएको नयाँ शाखा मार्फत अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका, न्यूजिल्याण्ड लगायतका मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्न सुरु गरिएको गोरेटोका प्रबन्ध निर्देशक धिरज कंडेलले जानकारी दिए । नयाँ शाखा संचालमा आएसँगै निर्देशक कंडेल भन्छन्...

चैत्र ११ गते बुधबार, यस्तो छ तपाईको राशिफल

चैत्र ११ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष साथीभाइले काममा सहयोग गर्न सक्नेछन् । कामका बाधाहरू हट्नेछन् र नसोचेको ठाउँबाट धन प्राप्त हुने सम्भावना छ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको समर्थनले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु तथा कृषिबाट अपेक्षित लाभ नउठ्न सक्छ । दिन सामान्य रहनेछ । वृष स्वास्थ्यमा कमजोरी र काममा अवरोधले मन खिन्न हुन सक्छ । विलासितामा धन खर्च हुनेछ । मुख्य काम...

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया
मोरङ — ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले विराटनगरका विभिन्न कलेजका विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। हिमालय दर्शन कलेज, सिटी कलेज तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फरक–फरक समयमा आयोजित कार्यक्रममा बीमाको महत्व, प्रकार, चुनौती, व्यवहारिक प्रयोग, नेपाली बीमा बजारको अवस्था तथा वित्तीय साक्षरताको आवश्यकता जस्ता विषयमा विस्...