मेष
साथीभाइले काममा सहयोग गर्न सक्नेछन् । कामका बाधाहरू हट्नेछन् र नसोचेको ठाउँबाट धन प्राप्त हुने सम्भावना छ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको समर्थनले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु तथा कृषिबाट अपेक्षित लाभ नउठ्न सक्छ । दिन सामान्य रहनेछ ।

वृष
स्वास्थ्यमा कमजोरी र काममा अवरोधले मन खिन्न हुन सक्छ । विलासितामा धन खर्च हुनेछ । मुख्य काममा बाधा आउन सक्छ । साना घरेलु काममा अल्झिनुपर्दा मन खिन्न हुनेछ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न कठिनाइ हुन सक्छ । स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने दिन हुनेछ ।

मिथुन
नजिकका साथीभाइ आज टाढिएका भएपनि टाढाका साथीभाइसँग सम्बन्ध मजबुत हुनेछ । अर्थ अभावले काम रोकिने सम्भावना छ । समस्या प्रति गम्भीर नहुँदा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आज सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

कर्कट
काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन् । दिगो आम्दानी हुने काम सुरु हुनेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । लाभदायक काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ ।

सिंह
कीर्तिमानी काम गरेर धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाउने र आम्दानी बढ्ने सम्भावना छ । सहयोगी देखाउनेहरूले धोका दिन सक्छन् । लामो यात्रा अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्दा मन खिन्न हुन सक्छ । पेटको समस्या सताउने सम्भावना छ ।

कन्या
केही अवसर जुटेपनि परिस्थिति अलि संघर्षमय रहनेछ । अप्ठ्यारा कामको बोझ बढ्न सक्छ । सवारीमा सावधानी अपनाउनु होला । लेनदेनको विवादले समस्या दिन सक्छ । पुरानो रोगले पनि सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने दिन हुनेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् ।

तुला
दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । व्यवसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला ।

वृश्चिक
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । नयाँ काम प्रारम्भ हुन सक्छ । आय आर्जन राम्रो रहनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

धनु
हिम्मतले काम अघि बढाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा फर्काउनेछ । पढाइ लेखाइमा समय दिन नसकिए पनि सहयोगीहरूको भरपर्दा लाभ हुनेछ । कृषि र चौपायामा केही समस्या देखिए पनि धन आर्जनका अवसर प्रशस्तै छन् । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ ।

मकर
अवसर प्राप्त भएपनि कुरा लगाउनेहरूको फन्दामा पर्न सकिन्छ । गोपनीयतामा विशेष ध्यान दिनुहोला । स्वास्थ्य कमजोर रहनाले काम सम्पादनमा अवरोध आउन सक्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । छर छिमेकमा झैँझगडा हुन सक्छ । सावधान रहनुहोला, धन नोक्सान हुन सक्ने दिन छ ।

कुम्भ
आफ्नै कमजोरीका कारण ढिलासुस्ती हुन सक्छ । परिवारमा असमझदारी बढ्नाले काममा बाधा आउन सक्छ । व्यापार व्यवसायमा फाइदा हुने समय छ । आम्दानी बढ्नेछ र परिवारका आवश्यकताहरू पूरा हुनेछन् । काम बिग्रने डरले सताइरहनेछ । मान सम्मानमा ठेस पुग्न सक्छ ।

मीन
आफन्तको सञ्जालबाट फाइदा लिन सकिनेछ । मेहनतले अध्ययनमा प्रगति हुनेछ । सामान्यतया दिन राम्रै रहनेछ । प्रेम र मित्रताको बन्धन मजबुत हुनेछ । दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयासले ठूलो काम सम्पादन हुने दिन छ ।

तपाईको प्रतिक्रिया