आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा दुईवटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) वि...

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । धनुषाको धनौजी गाउँपालिका–२ स्थित गौरदाहादेखि लखौरीसम्मको सडक निर्माणमा कामै नगरी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार सडक निर्माणको सूचना सार्वजनिक नगरी कागजी प्रक्रिया पूरा गरेको देखाएर २ लाख ४९ हजार ५०४ रुपैयाँ भुक्तानी गरिएको थियो। त्यस्तै, सडक निर्माणको कामै नगरी झुट्टा प्राविधिक बिल, नापी कि...

शिक्षामन्त्री पोखरेलद्वारा सातै प्रदेशका शिक्षा हेर्ने मन्त्रीसँग छलफल

शिक्षामन्त्री पोखरेलद्वारा सातै प्रदेशका शिक्षा हेर्ने मन्त्रीसँग छलफल
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातै प्रदेशका शिक्षा तथा खेलकुद हेर्ने मन्त्रीहरूसँग छलफल गरेका छन्। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको छलफलमा संघ र प्रदेश सरकारबीच शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य र समन्वय थप मजबुत बनाउने विषयमा विचारविमर्श भएको थियो । छलफलमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम विधेयक, विपद्का समयमा सहकार्य तथा ...

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन
काठमाडौँ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै ...

मोतीराम भट्टको जन्म जयन्ती मनाइदै

मोतीराम भट्टको जन्म जयन्ती मनाइदै
काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्म जयन्ती आज नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भ...

२०८३ भाद्र २६ गते शुक्रबार: आजको राशिफल

२०८३ भाद्र २६ गते शुक्रबार: आजको राशिफल
आजको राशिफल बिस २०८३ भाद्र २६ गते शुक्रबार ईस २०२६ सेप्टेम्बर ११ नेपाल सम्बत ११४६ गुलागा आमै, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र कृष्ण पक्ष औसी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, साध्य योग, नाग करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४७ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १५ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो...

कानुन पढने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो ः मनोविज्ञ डा अधिकारी

कानुन पढने विद्यार्थी न्यायको नेतृत्वकर्ता  हो  ः मनोविज्ञ डा अधिकारी
विराटनगर, २५ भदौ मनोविज्ञ तथा मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्टार डा किशोर अधिकारीले कानुन पढने विद्यार्थी न्यायको नेतृत्वकर्ताभएकोले आफनो आचारण व्यवहायीक बनाउन जोड दिनुपर्ने बताएका छन । मनमोहन कानुन अध्यन केन्द्रको तेस्रो बर्षका प्रथम सेमेष्टरका विद्यार्थीहरुलाई विहिवार विराटनगरमा अभिमुखकरण गर्दै मनोविज्ञ डा अधिकारीले कानुन धेरै पढेर मात्र सफल व्यावसायीक लयर्स बन्न सकिदैन भन्दै विद्य...

एप्पलको पहिलो फोल्ड गर्न मिल्ने आइफोन सार्वजनिक, कति छ मुल्य ?

एप्पलको पहिलो फोल्ड गर्न मिल्ने आइफोन सार्वजनिक, कति छ मुल्य ?
काठमाडौँ । एप्पलले आइफोन सार्वजनिक भएको करिब २० वर्षपछि यसको डिजाइनमा ठूलो परिवर्तन गर्दै पहिलो पटक मोड्न मिल्ने आइफोन सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी जोन टर्नसले वार्षिक उत्पादन सार्वजनिक कार्यक्रममा नयाँ फोल्ड आइफोन सार्वजनिक गरेका हुन् । ‘डुओ’ नाम दिइएको नयाँ आइफोन किताबजस्तै गरी बीचबाट मोड्न र खोल्न मिल्ने छ । खोल्दा सानो आइप्याडजस्तो देखिने यो उपकरण मोडेपछि फराकिलो आइफोनको आक...

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले ओमानको सामना गर्दै

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले ओमानको सामना गर्दै
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज ओमानसँग खेल्ने भएको छ । नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुने यो खेल मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुदैछ । समुह चरणका खेल सकिएसँगै नेपाल समुह ए को विजेता हुदै सेमिफाइनलमा पुगेको हो । नेपाल अन्तिम खेलमा हङकङ चाइनासँग पराजित भएको थियो भने त्यसअघि बहराइन मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो । त्...

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ रात्रिकालीन बस चल्ने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ रात्रिकालीन बस चल्ने
काठमाडौँ । संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि काठमाडौँ उपत्यकाका ६ नयाँ रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने भएका छन् । काठमाडौँ, ललितपुर, चन्द्रागिरि र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा बस सेवा विस्तार गर्न लागेका हुन्। बसहरू गोदावरी–बुढानीलकण्ठ, जगाती–रत्नपार्क–ठमेल, विमानस्थल–नागढुङ्गा, कीर्तिपुर–नयाँ सडक तथा चक्रपथलगायतका रुटमा सञ्चालन हुनेछन् । चक्रपथमा दुईतर्...