कांग्रेस उम्मेदवार थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध
खेमराज सापकोटा
रानी, पुस २३ गते। कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ। अन्य दलबाट उम्मेदवार नआएपछि थापा निर्विरोध निर्वाचित हुनु भएको हो। उहाँ निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने पुस २७ गते हुने छ।
यसैबिच, कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेस–एमाले गठबन्धन तथा नेकपाका उम्मेदवारहरूले मनोन...








