एसीसी प्रिमियर कपको फाइनल आज, उपाधिका लागि नेपाल र युएई भिड्दै
काठमाडौं । नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा युएईको सामना गर्ने भएको छ ।
अब फाइनल खेल नेपाली समय अनुसार आज बिहान ७: १५ बजेदेखि मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुदैछ । त्यस्तै तेस्रो स्थानको खेलमा ओमान र हङकङ चाइना पनि शनिबार बिहान खेल्दैछन् ।
नेपालले सेमिफाइनलमा ओमानलाई पराजित गरेको थियो भने युएईले हङकङ चाइनालाई पराजित गरेको थियो ।
नेपाल र...









