सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न गृह मन्त्रालयको आग्रह

सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न गृह मन्त्रालयको आग्रह
काठमाण्डौ – गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याउने किसिमका घटना नगर्न सचेत गराएको हो । सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवम् धर्मलक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक सद्भावमा खलल पुर्याउन...

देशभर चिसो बढ्यो, काठमाण्डौको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस

देशभर चिसो बढ्यो, काठमाण्डौको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । तराई र पहाडका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । हुस्सु, कुहिरो र शितले जनजीवन कष्टकर बनाएको छ । हिजो/अस्तिको भन्दा पनि आज तापक्रम घटेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस र अस्ति आइतवा...

पौष २२ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

पौष २२ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै रुपैँया पैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । वृष साथी भाइसित बसेर छलफल र वार्तालाप हुनेछ । कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाँउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिव...

उदयपुरमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे

उदयपुरमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे
काठमाण्डाै – उदयपुरमा सिमेन्ट घोल्ने मिक्चर जडान भएको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अरू दुई जना घाइते भएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर ७ होक्सेमा पर्ने मदन भण्डारी लोकमार्गमा ट्र्याक्टर ओरालोमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्र्याक्टरमा सवार त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजलेका ४३ वर्षीय राजा हुसेन अली र २६ वर्षीया आशा सदाको...

दोस्रो आर्थिक गणना आउँदो चैतदेखि असारसम्म हुने

दोस्रो आर्थिक गणना आउँदो चैतदेखि असारसम्म हुने
काठमाण्डाै – राष्ट्रिय तथ्याङ्क कार्यालयले आउँदो चैत १ गतेदेखि दोस्रो आर्थिक गणना शुरू गर्ने भएको छ । कार्यालयले आज गणनाको तालिका, लोगो र नारा सार्वजनिक गरेको हो । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित हुने आर्थिक गणना असार मसान्तसम्म चल्नेछ । २०७५ सालको वैशाखमा पहिलो पटक आर्थिक गणना भएको थियो । दोस्रो आर्थिक गणनामा आर्थिक विवरणदेखि उद्योगहरूबाट भएको उत्पादनसम्मको विवरण समावेश गरि...

वीरगञ्जमा सोमबार साँझ छ बजेदेखि मङ्गलबार बिहान ८ बजे कर्फ्यु जारी

वीरगञ्जमा सोमबार साँझ छ बजेदेखि मङ्गलबार बिहान ८ बजे कर्फ्यु जारी
कन्हैयालाल केशरी पर्सा पुस २१ गते। जिल्ला प्रशासन कार्यालय पर्साले पुस २१ गते सोमबार साँझ छ बजेदेखि मङ्गलबार बिहान ८ बजे सम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले दिउसो एक बजे देखि वीरगञ्ज महानगरपालिकाको चार किल्लाको पुर्वमा बस पार्क पश्चिम सिर्सिया पुल उत्तर पावर हाउस चौक र दक्षिणमा शंकराचार्य प्रवेश द्वार सम्म निषेधाज्ञा आदेश जारी गरेकोमा निषेधाज्ञा आदेशको अव...

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी
देवदह (रूपन्देही) / आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले उक्त अवधिमा ५ अर्ब ३६ करोड ८३ लाख आठ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १२१.१ अर्थात् ६ अर्ब ५० करोड ३२ लाख सात हजार सङ्कलन गरेको हो । कार्यालयले गत आवको सोही अवधिमा ४ अर्ब ५१ करोड आठ लाख ४७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख कर अधि...

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह
बेलायत, पुस २१ गते । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेक...

क्वारेन्टाइन समन्वय बैठक सम्पन्न

क्वारेन्टाइन समन्वय बैठक सम्पन्न
विराटनगर । पशु क्वारेन्टाइन कार्यालय विराटनगरको आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत दोस्रो त्रैमासिक कार्यक्रम अन्तर्गत क्वारेन्टाइन समन्वय बैठक आइतबार सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित बैठक प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले पशु क्वारेन्टाइनलाई केवल प्राविधिक विषय मात्र नभई सार्वजनिक स्वास...

आजको राशिफल ~वि.सं. २०८२ पौष २१ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ पौष २१ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष दाम्पत्य जीवन सुखद एवम् समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ । दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । सामान्यतया दिन राम्रो छ । वृष पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखि...