निजगढमा लाखौँको राजस्व हिनामिना : जफत गरिएको ढुङ्गा हरायो, बिना छानबिन फेरि लिलाममा
बारा । निजगढ नगरपालिकाले गत वर्ष जफत गरेको ठूलो परिमाणको ढुङ्गा भण्डारणस्थलबाटै गायब भएको पाइएको छ । उक्त ढुङ्गाको ठेक्का आह्वान गर्दा पनि लाग्न नसकेपछि संरक्षणमा लापरवाही भएको र चोरी भएको आशङ्का गरिएको छ ।
तर सो घटनाको अनुसन्धान नगरी यस वर्ष पुन: नदीजन्य पदार्थ लिलाम गर्न नगरपालिका अघि बढेको छ । नगरपालिकाले पहिलोपटक गत फागुन १५ गते ढुङ्गा लिलामका लागि ठेक्का आह्वान गरेको थियो । ठेक्का नलागेपछि...









