काठमाडौं। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका २ केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा आगलागी हुँदा ५७ लाखभन्दा बढीको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान विद्युत् चुहिएर आगो सल्किँदा दुवै घर पूर्ण रुपमा जलेका तथा लत्ताकपडा, भाँडावर्तन, सुन चाँदीलगायत घरमा रहेको १० लाख नगदसमेत खरानी भएको छ।

आगलागीमा ५७ लाख १० हजार ७५० बराबरको क्षति भएको छ। स्थानीय र प्रहरीको सहयोगमा करिब तीन घन्टामा आगो निभाइएको थियो।

तपाईको प्रतिक्रिया