काठमाडौँ– प्रधामन्त्री वालेन्द्र शाहलाई अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले बधाई दिएकी छन्।
रास्वपाका बरिष्ठ नेता शाह प्रधानमन्त्री भएकोमा वोङले बधाईसँगै सफल कार्यकालको कामना गरेको नेपालस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ।
अष्ट्रेलिया र नेपालबीचको मित्रता सुदृढ रहेको उल्लेख गर्दै विदेशमन्त्री वोङले दिएको बधाई सन्देशमा शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न आफू तत्पर रहेको बताएकी छन्।







