काठमाण्डौं । लोकदोहोरी स्वादमा तयार गरिएको नयाँ गीत “बजाउ पञ्चेबाजा” सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ चर्चा बटुल्न थालेको छ। हिमाञ्चल नेपाली र रौशनी रुचालको सुमधुर स्वरमा सजिएको यस गीतमा कृष्ण कँडेलका शब्द रहेका छन्।

गीतमा अर्जुन पन्तको संगीत तथा निर्देशन रहेको छ भने संगीत व्यवस्थापन तेजेन्द्र दुराले गरेका छन्। रेकर्डिस्ट दिवास थापामगरले ध्वनि पक्ष सम्हालेका हुन्।

भिडियोतर्फ महेश भुसाल र पूर्णिमा सुनारको आकर्षक अभिनय देख्न सकिन्छ। कमल एलेक्सको छायांकन, साथै सुवास घिमिरे र निशान एसकेको सम्पादन तथा रङ संयोजनले भिडियोलाई थप जीवन्त बनाएको छ।

पञ्चेबाजाको मौलिक धुन र सांस्कृतिक झल्को बोकेको यो गीतले छोटो समयमै दर्शकको मन जित्दै लोकप्रियताको बाटो समातिरहेको छ।

तपाईको प्रतिक्रिया