सुलभविरुद्ध ५ दिन म्याद थप
काठमाडौं। शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप गरिएको छ। जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध ५ दिन म्याद थप गरेको हो। उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ गरिएको थियो।
बहस सकिएसँगै उनलाई ५ दिन म्याद थप गरिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपककुमार श्रेष्ठले जानकारी दिए।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविद्ध अनुसन्धान भइरहेको छ। अग्रवाल २०७६ स...









