पाल्पाका दुई पालिकालाई जापान सरकारद्वारा अत्याधुनिक दमकल हस्तान्तरण
तानसेन, कात्तिक १७ — पाल्पाको तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकालाई मित्रराष्ट्र जापान सरकारको सहयोगमा अत्याधुनिक बारुणयन्त्र (दमकल) प्रदान गरिएको छ।
सहयोगी दाताका प्रतिनिधिहरूका अनुसार, जिल्लाको विपद् व्यवस्थापन क्षमतालाई सुदृढ पार्ने उद्देश्यले आधुनिक दमकल उपलब्ध गराइएको हो। यसअघि पाल्पामा तानसेन नगरपालिका र रामपुर नगरपालिकामा मात्र दुई वटा दमकल रहेका थिए, जसका कारण आगलागीका घटना नियन्...









