मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बोलिको विपरीत अर्थ लाग्न सक्छ, बोल्दा विचार पुर्याउनुहोला । घर परिवारमा कुनै कुरालाई लिएर मतभेद रहनेछ । साताको मध्यमा धर्मकर्ममा मन लाग्ने र विद्यार्थीहरूलाई करियर र उच्च शिक्षामा नयाँ मार्ग प्रशस्त हुनेछ । साताको अन्तिममा पुराना रोकिएका कार्यहरू सम्पादन हुनेछन् । पिताको सहयोगले महत्वकांक्षी योजनाहरू पूरा गर्न सकिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा दाम्पत्य जीवन सुमधुर रहनेछ । परिश्रमको उचित मूल्यांकन पाइनेछ । साताको मध्यमा आध्यात्मिक ज्ञानतर्फ झुकाव बढ्नेछ । सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोस् । साताको अन्तिममा कार्य क्षेत्रमा सृजनात्मक सोचले काममा आकर्षण ल्याउनेछ । भाग्यको साथ मिल्नाले चुनौतीपूर्ण काम पनि सजिलै सम्पादन गर्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । अलमल गर्ने बानीले समस्या निम्ताए पनि मेहनतीहरूको लागि समय उत्साहजनक रहनेछ । साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ । कुनै कुरालाई लिएर मन प्रफुल्लित रहनेछ । विभिन्न भौतिक संसाधन प्राप्तिका योग छन् । साताको अन्त्यमा स्वास्थ्यलाई लिएर सचेत रहनुहोस् । वैदेशिक यात्रालाई लिएर काम अघि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । गोप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ सचेत रहनुहोस् । साताको मध्यमा आँटले सोचेको लक्ष्यमा सजिलै पुर्याउनेछ । पशुपालन वा कृषिको क्षेत्रबाट राम्रो लाभ आर्जन गर्न सकिएला । साताको अन्तिममा साझेदारी व्यापारमा लाभ रहनेछ । आतिथ्यपूर्ण सम्मानको साथ मित्रताको बन्धन कसिलो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा प्रतिस्पर्धी वा शत्रु पक्षलाई परास्त गर्न सकिनेछ । परिवारको सहयोग मिल्नाले मनोबल उच्च रहनेछ । साताको मध्यमा बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रचनात्मक कार्यतर्फ जुड्दा फाइदा हुनेछ । साताको अन्तिममा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला । पहिलाका कमी कमजोरीलाई सुधार्ने मौका पाइनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा नौकरी वा पेशामा पहिलाको सफलताले थप काम गर्न हौसला मिल्नेछ । भाइबहिनीहरू मध्य आत्मीयता बढ्नेछ । साताको मध्यमा समस्या दर्शाउँदा सहयोगीहरू भेटिनेछन् । टाढाका परिजनहरूसँग भेटघाटका योग छन् । साताको अन्तिममा शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । मनमा परोपकारको भावना जागृत हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा बोलीको प्रभावले रोकिएका काम बन्नुका साथै नयाँ कामको थालनी गर्न सकिनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । साताको मध्यमा आफ्नो प्रतिफल माथि अरुले दाबी गर्न सक्छन्, सावधान रहनुहोला । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्तिममा राम्रा काम अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । अनावश्यक विषयमा चासो राख्दा व्यर्थको तनाव हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा प्रतिष्ठामा वृद्धि हुनेछ । कार्य क्षेत्रमा नयाँ अवसरले पछ्याउने छ । साताको मध्यमा आफन्तहरु मध्य रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्ला । सामाजिक कार्यले सम्मानित स्थान प्राप्त हुनेछ । साताको अन्त्यमा धैर्य वा पराक्रममा वृद्धि हुनेछ । घरायसी कामले अल्झाउन सक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा मेहनतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । व्यापार व्यवसायमा सोचेजस्तो सफलता हात लाग्ला । साताको मध्यमा भविष्यको लागि विशेष जग बसाउने अवसर रहेको छ । विशिष्ट व्यक्तिहरूको साथ पाइने र आँटेको कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा सञ्चित धनमा वृद्धि हुनेछ । संगीत र कलाको क्षेत्रमा सफलता मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा व्यापार व्यवसायलाई लिएर गरेको यात्रा सफल रहनेछ । सन्तानको प्रगतिले मन प्रफुल्लित रहनेछ । साताको मध्यमा स्वास्थ्य र पारिवारिक विषय वस्तुलाई लिएर मन चिन्तित रहनेछ । आध्यात्मिक ज्ञानलाई निखार्ने समय रहेको छ । साताको अन्त्यमा प्रतिष्ठित कामले धेरैको उपकार गर्न सकिनेछ । न्यायिक क्षेत्रमा कानुनी पक्ष मजबुत हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा कार्य क्षेत्रमा पिताको सहयोग मिल्नेछ । चाहेको इक्षा पुरा हुनुका साथै प्रतिक्षा गरिएको काममा राम्रो उपलब्धि प्राप्त हुनेछ । साताको मध्यमा सेवामुलुक कार्यबाट प्रतिष्ठा पाइनेछ । शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनहरूबाट सहयोग पाइनेछ । साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला । आश्वासन देखाउनेहरूले झुक्याउन सक्छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा उद्योग व्यापारमा थप लगानी लगाउने समय रहेको छ । राजनीतिक क्षेत्रमा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ । साताको मध्यमा बल भन्दा बुद्धिको उपयोगले कार्य सम्पादन गर्ने चेष्टा गर्नुहोस्, सफलता मिल्नेछ । सरकारी नोकरीको क्षेत्रमा सफलता मिल्नेछ । साताको अन्तिममा व्यापार व्यवसायलाई पारदर्शिता राख्नुहोस् ।







