भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन

भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित विदेशी नागरिक तथा पर्यटकको खोज, उद्धार र सहयोगका लागि सरकारी निकाय तथा सुरक्षा संयन्त्रले समन्वयमा काम गरिरहेका छन् । भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा आएको बाढीपछि नेपाल पर्यटन बोर्डका अनुसार भदौ १४ गते साँझसम्म २८९ जना विदेशी नागरिक तथा पर्यटकको उद्धार गरिएको छ । त्यस्तै, ५ जनासँग पुनः सम्पर्क स्थापित भएक...

चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना

चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत सामग्री सङ्कलन तथा व्यवस्थापन गर्न भरतपुरमा कक्ष स्थापना गरिएको छ। राहत सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका आधिकारिक बैंक खातामा समेत सहयोग जम्मा गर्न सकिने र कतिपय सङ्घसंस्थाले जिन्सी सामग्रीसमेत सहयोग गर्न चाहेको बुझिएकाले राहत सामग्री सङ्कलन तथा व्यवस्थापनक...

एनसीसीएस ग्रुपद्वारा रसुवा बाढी पीडितका लागि १० लाख सहयोग

एनसीसीएस ग्रुपद्वारा रसुवा बाढी पीडितका लागि १० लाख सहयोग
काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि एनसीसीएस ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ। एनसीसीएस ग्रुपअन्तर्गतका तीन शैक्षिक संस्थाले छुट्टा-छुट्टै रूपमा उक्त सहयोग गरेका हुन्। नेसनल क्रिएटिभ को-एडु स्कुलले ३ लाख, एनसीसीएस हायर सेकेन्डरी स्कुलले ३ लाख तथा नेसनल कलेज अफ कम्प्युटर स्टड...

भोटेकोशी बाढी पीडितलाई अर्घाखाँची सिमेन्टको साथ, एक करोड ११ लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई अर्घाखाँची सिमेन्टको साथ, एक करोड ११ लाख सहयोग
काठमाडौं। गत बुधबार आएको भोटेकोशी बाढी पीडितको उद्धार, राहत र पुर्नस्थापनाका लागि रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइतबार १ करोड ११ लाख रुपैयाँ हस्तान्तरण गरेको छ। अर्घाखाँची सिमेन्टका सञ्चालकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन्। उद्योगले बाढी पीडितको उद्धार, राहत, उपचार तथा पुर्नस्थापनामा सघाउने उद्देश्यले ...

बाढीपीडितलाई एसियन थाइ फुड्सको ६० लाखको राहत

बाढीपीडितलाई एसियन थाइ फुड्सको ६० लाखको राहत
इटहरी, भदौ १४ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित सर्वसाधारणका लागि जाजु ग्रुप तथा शारडा ग्रुपले करिब ६० लाख रुपियाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ। जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाइ फुड्स लिमिटेडका प्रबन्ध निर्देशक महेश जाजुले बाढीपीडितका लागि राहत सामग्री स्थानीय प्रशासनसँग समन्वय गरी सोमबार पठाउने जानकारी दिनुभयो । पूर्वी नेपालको अग्रणी औद्योगिक घरानाको रूपमा...

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै
काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र थपिएका श्रमिकहरूको उद्धारका लागि मेसिनमार्फत केबल टनेलसम्म सफलतापूर्वक प्वाल छिचोलिएको छ। आइतबार राति ड्रिलिङ प्रक्रिया सम्पन्न भई टनेलसम्म प्वाल पुगेपछि भित्रको अवस्था सुख्खा रहेको पाइएको छ। सुरुङभित्र थुनिएका व्यक्तिको सहजताका लागि कम्प्रेसरसँगै अक्सिजनयुक्त हावा र मार्गदर्शनका लागि बत्ती (लाइट) पठाइएको छ।...

मिक्लाजुङमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, सहचालक गम्भीर

मिक्लाजुङमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, सहचालक गम्भीर
 मधुमल्ला ।  मोरङको मिक्लाजुङ गाउँपालिका–१ लोकडाँडास्थित शुके–जौवारी कच्ची सडक खण्डमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ९१७८ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर राति १० बजेतिर सडकबाट करिब ४० मिटर तल खसेको थियो । दुर्घटनामा परेर ट्याक्टर चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–८...

सर्लाहीकाे मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाहीकाे मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
सुभाष कायस्थ जनकपुरधाा, १३ भदौ । सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित मधुवनी सडकखण्डमा भएकाे मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गएराति उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको भारतीय नम्बर बिआर ३० एल ३१८० को मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब साँढे पाँच फिट तल रहेको पुलको साइफनमा ठोक्किएर दुर्घटना भएको हाे । दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जना घा...

चितवनमा पहिचान नभएका ९६ शव डिएनए नमुना लिएर गाडियो

चितवनमा पहिचान नभएका ९६ शव डिएनए नमुना लिएर गाडियो
चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर चितवन पुर्‍याएकामध्ये पहिचान हुन नसकेका ९६ वटा शवहरू शनिबार देवघाटको जंगलमा गाडिएको छ। शव राख्न चिस्यान केन्द्रको अभाव हुनुका साथै शवहरू सडेगलेर महामारीको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, चितवनले बैठक बसेर पहिचान नभएका शवहरू गाड्ने निर्णय गरेको हो। चितवनका इन्स्पेक्टर अनिल थापाका अनुसार शनिबार बेलुकीसम्म ९६ वटा शवको व्यवस्थापन भइसकेको छ भने ब...

बाढीपीडित विष्णुकुमारी डंगोलको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिने

बाढीपीडित विष्णुकुमारी डंगोलको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिने
काठमाडौं । काठमाडौं मेडिकल कलेजले बाढीका कारण मिर्गौला प्रत्यारोपणका लागि आवश्यक आर्थिक स्रोत गुमाएकी ४१ वर्षीया विष्णुकुमारी डंगोलको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरेको छ । बाढीका कारण आर्थिक संकटमा परेपछि उपचारमा कठिनाइ उत्पन्न भएको अवस्थामा बिरामीको अवस्थालाई मध्यनजर गर्दै मानवीय सहयोगस्वरूप निःशुल्क प्रत्यारोपण गर्ने निर्णय गरिएको काठमाडौं मेडिकल कलेजले जनाएको छ । विष्णुकुमारीक...