पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
झापा- पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले पक्राउ परेका सबै पुरुष रहेका बताए । लामो तथा छोटो दूरीका यातायातका साधनमा चढाउन, होटलमा बास बसाउन र अस्पतालहरूम...

रुपन्देहीमा लागुऔषध तस्करी नियन्त्रणका क्रममा प्रहरीद्वारा गोली प्रहार, तीन जना पक्राउ

रुपन्देहीमा लागुऔषध तस्करी नियन्त्रणका क्रममा प्रहरीद्वारा गोली प्रहार, तीन जना पक्राउ
बुटवल- लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेको छ। उक्त घटनामा एक जना घाइते भएका छन्। घाइते हुनेमा रुपन्देहीको रोहिणी गाउँपालिका–२, खुरहुरियाका विशाल यादव रहेका छन्। उनको बाँया खुट्टाको पिँडुलामा गोली लागेको छ र हाल उनको भीम अस्पताल, भैरहवामा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार...

भोलिदेखि कोशी पर्यटन महोत्सव आयोजना, पर्यटकीय गन्तव्य प्रवर्द्धनमा जोड

भोलिदेखि कोशी पर्यटन महोत्सव आयोजना, पर्यटकीय गन्तव्य प्रवर्द्धनमा जोड
सुनसरी। कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन हुने महोत्सव चैत २५ गतेदेखि २७ गतेसम्म हुने सोमबार वराहक्षेत्र–ठाकुरबारीस्थित १२ नम्बर रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै स्थानीय धार्मिक तथा सां...

ट्होटे पर्वमा आज फेदीखोलामा स्थानीय बिदा

ट्होटे पर्वमा आज फेदीखोलामा स्थानीय बिदा
अर्जुन काफ्ले स्याङ्जा, चैत २४ गते । फेदीखोला गाउँपालिकाले तमु (गुरुङ) समुदायको प्रमुख सांस्कृतिक पर्व ट्होटेको अवसरमा स्थानीय बिदा दिएको छ । पालिकाले मङ्गलबार गाउँपालिकाअन्तर्गतका सबै कार्यालय तथा विद्यालयहरूमा बिदा दिएको हो । तमु (गुरुङ) समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व ट्होटे पर्वको अवसरमा उक्त निर्णय गरिएको गाउँपालिकाको अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाले स्...

सप्तरीमा बालविवाह र चोरी मुद्दाका तीन प्रतिवादी पक्राउ

सप्तरीमा बालविवाह र चोरी मुद्दाका तीन प्रतिवादी पक्राउ
विनय कर्ण कल्याणपुर (सप्तरी), चैत २४ गते । सप्तरी प्रहरीले विभिन्न मुद्दाका तीनजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालविवाह मुद्दाको कानुनी विवादमा परेका दुईजना र चोरी उद्योगका एक जना रहेका छन् । बालविवाहको कानुनी विवादमा परेकाले राजविराजका दुई जना नवालकलाई प्रहरीले पक्राउ गरेको हो । उहाँहरुले आइतबार कानुनी विवादमा परेर बालविवाह गर्नुभएको थियो । यस्तै, चोरी उद्योग मुद्दामा खडक ...

‘ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्नु, अन्यथा थुनामुक्त गर्नू’

‘ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्नु, अन्यथा थुनामुक्त गर्नू’
काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश दिएको छ । न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गर्दै २६ गतेसम्म अनुसन्धान सक्न आदेश दिएको हो । सर्वोच्चले २६ चैत (बिहीबार) भित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्न भनेको छ । ‘ओली र लेखकलाई फौजद...

फेन्सिङ खेलाडी अनिताले सगरमाथा आरोहण गर्ने

फेन्सिङ खेलाडी अनिताले सगरमाथा आरोहण गर्ने
काठमाडौं । फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छन् । नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सफलताको शुभकामना दिदै अनितालाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । अनिता मंगलबार काठमाडौंबाट लुक्ला प्रस्थान गर्ने छिन् । करिब एक सातामा बेसक्याम्प पुगेपछि स्वास्थ्यलगायतको स्थिति हेरेर आरोह...

उप्रेती समाजसेवा समितिको वार्षिक साधारण सभा २०८२ को आयोजना हुने

उप्रेती समाजसेवा समितिको वार्षिक साधारण सभा २०८२ को आयोजना हुने
काठमाडौं । उप्रेती समाजसेवा समितिले आफ्नो वार्षिक साधारण सभा २०८२ आयोजना गर्ने भएको छ। समितिले एक औपचारिक सूचना जारी गर्दै सम्पूर्ण आजीवन सदस्यहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको जनाएको छ। समितिका अध्यक्ष शोभित उप्रेतीले दिनु भएको जानकारी अनुसार उक्त साधारण सभा २०८२ साल चैत २८ गते शनिबार बिहान ११:३० बजे बत्तीसपुतलीस्थित होटल तपसमा आयोजना गरिनेछ। कार्यक्रममा संस्थाका वार्षिक ...

विद्यालयलाई पुस्तक–स्टेशनरी खरिदमा बाध्यता नलगाउन पथरी शनिश्चरे नगरपालिकाको निर्देशन

विद्यालयलाई पुस्तक–स्टेशनरी खरिदमा बाध्यता नलगाउन पथरी शनिश्चरे नगरपालिकाको निर्देशन
उर्लाबारी । पथरी शनिश्चरे नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यार्थीलाई निश्चित पसलबाट पुस्तक तथा स्टेशनरी खरिद गर्न बाध्य नबनाउन निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालयबाट २०८२ चैत १६ गते जारी सूचनामा केही विद्यालयहरूले अभिभावकलाई तोकिएको पुस्तक पसलबाट मात्र पाठ्यपुस्तक तथा स्टेशनरी सामग्री खरिद गर्न दबाब दिएको गुनासो प्राप्त भएको उल्लेख गरिएको छ। साथै...

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
काठमाडौँ, चैत २३ गते । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक सोमबार दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश...