सुनको मूल्य निरन्तर अकासिँदो

सुनको मूल्य निरन्तर अकासिँदो
काठमाडौँ, असोज २१ गते । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु. दुई लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु. दुई हजार ३०० ले बढेर रु. दुई लाख ३५ हजार ४०० कायम भएको छ । चाँदीको मूल्य भने स्थिर छ । सोमबार एक त...

डुम्रे–बेंसीसहर–चामे सडक सञ्चालनमा

डुम्रे–बेंसीसहर–चामे सडक सञ्चालनमा
नवीनराज कुइँकेल लमजुङ, असोज २० गते । आइतबारदेखि मौसममा सुधार आएपछि बाढीपहिरोको जोखिमका कारण तीन दिनका लागि बन्द गरिएको डुम्रे–बेंसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रेदेखि लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामेसम्मको सडकमा सवारीसाधन सञ्चालन सुरु भएको हो । सडक सञ्चालनमा आएसँगै ती क्षेत्रमा सवारीसाधनको आवागमन नियमित हुन थालेको जिल्ला प्रहरी कार...

वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै

वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै
काठमाडौं। केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौं उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ। अहिले यहाँका सडक, यातायात, व्यवसाय र सर्वसाधारणको दैनिकी क्रमशः सामान्य स्थितिमा फर्किन थालेको छ। उपत्यकामा लगातारको झरीका कारण जनजीवन प्रभावित भएको थियो। मुख्य सडकदेखि गल्लीसम्म पानी जम्ने, ट्राफिक जाम बढ्ने, पैदल हिँड्नसमेत ...

आइतबार र सोमबार सार्वजनिक बिदा

आइतबार र सोमबार सार्वजनिक बिदा
काठमाडौं । सरकारले यही असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले शनिबार सूचना जारी गरी वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भू–क्षयलगायत जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी भोलि आइतबार...

सुनचाँदीको मूल्य निरन्तर अकासिँदो

सुनचाँदीको मूल्य निरन्तर अकासिँदो
काठमाडौँ, असोज १२ गते । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु. ७०० र त्यति नै तौलको चाँदी रु. ७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु. दुई हजार ८१० निर्धारण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुस...

पुनर्निर्माणका लागि अध्ययन सुरु

पुनर्निर्माणका लागि अध्ययन सुरु
काठमाडौँ, असोज ५ गते । जेनजी समूहको नाममा गत भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटले सिंहदरबार परिसरभित्रका क्षतिग्रस्त भवनको अवस्था बुझ्न ‘आगजनीपछिको द्रुत विश्लेषण’ (र्‍यापिड भिजुअल एसिसमेन्ट) सुरु गरिएको छ । आगजनीबाट भवनमा पुगेको क्षति, भवनका भित्ता, छतलगायतका संरचनाको अवस्था, तिनीहरूको पुनर्निर्माण गर्न सकिन्छ या सकिन्न भन्नेबारे यकिन गर्न ‘¥यापिड भिजुअल एसिसमेन्ट’ सुरु गरिएको सिंहदरबार सङ...

चाडपर्व लक्षित बजार अनुगमनमा निस्कँदै महानगर

चाडपर्व लक्षित बजार अनुगमनमा निस्कँदै महानगर
काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ। गत भदौ २३ र २४ का कारण साता दिन पर सरेको बजार अनुमगन आगामी सातादेखि गर्ने तयारी थालिएको महानगरले जनाएको हो। महानगरका सहायक प्रवक्ता धु्रवकुमार काफ्लेका अनुसार बडादसैं नजिकै आइसकेको अवस्थामा पनि आन्दोलनका कारण बजार व्यवस्थापनका लागि अनुगमन हुन सकेको थिएन। अब आउने सातादेखि गर्ने तयारी छ। प्रमुख काफ्लेले...

सुनको मूल्य तोलाको दुई लाख १७ हजार

सुनको मूल्य तोलाको दुई लाख १७ हजार
काठमाडौँ, भदौ ३१ गते । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा एक हजार ९०० बढेर दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको दुई हजार ५९५ पुगेको छ । आज चाँदी प्रतितोला २० बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८३ अमेरिकी डलर हाराहारीमा कारोबार...

खाद्य स्वच्छता र गुण नियन्त्रणमा विराटनगर कार्यालयको उल्लेख्य प्रगति

खाद्य स्वच्छता र गुण नियन्त्रणमा विराटनगर कार्यालयको उल्लेख्य प्रगति
विराटनगर, भदौ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरले चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका कार्यक्रम तथा अनुगमन कार्यहरूमा उल्लेख्य प्रगति हासिल गरेको छ। खाद्य सुरक्षा आपतकालीन प्रतिक्रिया, बजार अनुगमन र सचेतनामूलक कार्यक्रमहरूमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरिएको हालैको प्रगति विवरणमा उल्लेख छ। कार्यालयका अनुसार, खाद्य स्वच्छता तथा गुणस्तर अभियान कार्यक्रमलाई १२ पटक सञ्...

वीरगञ्ज हैजा : ९३ प्रतिशत बिरामी निको भएर घर फर्किए

वीरगञ्ज हैजा : ९३ प्रतिशत बिरामी निको भएर घर फर्किए
दिपकप्रसाद गौतम वीरगञ्ज, भदौ १७ गते। वीरगञ्जमा भदौ ६ गते शुक्रबार तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएसँगै फैलिएको झाडापखाला एवम् हैजाको सङ्क्रमण कम हुँदै गएको छ। भदौ १७ गते मंगलबार साँझ ५ बजेसम्म हैजाको सङ्क्रमण पुष्टि भएका ९३ प्रतिशत भन्दा बढी बिरामी उपचारपछि निको भएर घर फर्किएका छन्। दैनिक झाडापखाला लागेर अस्पताल पुग्ने र हैजा सङ्क्रमण पुष्टि हुने बिरामीको संख्या घट्दै जानु अनि धेरै उपचार...