काठमाडौं । सरकारले काठमाडौं र पोखरा उपत्यकामा सार्वजनिक यातायातमा विद्युतीय बसलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्ले विद्युतीय बसलाई प्रोत्साहन गर्ने नीति लिइएको बताएका हुन् ।
उनले काठमाडौं उपत्यकामा विद्युतीय सार्वजनिक बस, चार्जिङ स्टेसन, ट्राकिङ प्रणाली, स्मार्ट बसपार्कको सुदृढ योजना सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम सुरु गर्ने बताए ।
यस्तै, पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई(मोबिलिटी सेवा सुरु गर्ने उनले उल्लेख गरे ।







