काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नेपाल टेलिकमको ३४ प्रतिशत रकमबराबरको सेयर निष्काशन गर्ने जानकारी दिएका छन्।
डा. वाग्लेले शुक्रबार संसदमा बजेट प्रस्तुत गर्दै नेपाल टेलिकमको ६६ प्रतिशत सेयर सरकारसँग राखेर बाँकी सर्वसाधारणका लागि सेयर निष्कासन गरिने जानकारी दिएका छन्।
त्यसरी उठेको रकमबाट सूचना प्रविधि क्षेत्रको विकास गरिने जानकारी पनि उनले दिएका छन्।







