कोशी अस्पतालको शौचालयबाट फरार थुनुवा २ महिनापछि पक्राउ

कोशी अस्पतालको शौचालयबाट फरार थुनुवा २ महिनापछि पक्राउ
विराटनगर / कोशी अस्पतालको शौचालयबाट भागेका एक थुनुवा अढाई महिनापछि पक्राउ परेका छन् । मोरङको कटहरी–१ का २० वर्षीय मोहम्मद राजु शुक्रबार बिहानका राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी निमित्त प्रमुख डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । राजु चोरी मुद्दाका अभियुक्त हुन् । जिल्ला अदालत मोरङबाट पुर्पक्षका लागि थुनामा पठाइएका राजुलाई पेट दुखेपछि असोज १२ गते उपचारका लागि कोशी अस्पत...

आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने

आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने तयारी गरेको छ । आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई सफल बनाउन भरपर्दो सुरक्षा व्यवस्था प्रदान गर्ने नीतिअनुरुप ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार परिचालित हुने तयारी गरिएको सशस्त्र प्रहर...

पन्ध्र सय भन्दा बढीको निःशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण

पन्ध्र सय भन्दा बढीको निःशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा पन्ध्र सयभन्दा बढीको निःशुल्क स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरिएको छ । निजामती कर्मचारी अस्पताल काठमाडौँको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा बिहीबार र शुक्रबार दुई दिन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । महालक्ष्मी नगरपालिका–७ जितपुर बजारमा सञ्चालन निःशुल्क स्वास्थ्य शिविरबाट नगर भित्रका करिब १५ सयभन्द...

पत्नी हत्याका अभियुक्त ८ वर्षपछि मोरङबाट पक्राउ

पत्नी हत्याका अभियुक्त ८ वर्षपछि मोरङबाट पक्राउ
इटहरी : भोजपुरमा ८ वर्षअघि पत्नीको हत्या गरेर फरार भएका अभियुक्त नारदमणि राईलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरिएको छ। भोजपुर–६ देउरालीका ६३ वर्षीय राईले २०७४ साउन १९ गते राति करिब १ बजे घरायसी विवादका क्रममा पत्नी अम्बिका श्रेष्ठ (राई), ४६ को कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरेलगत्तै उनी गाउँबाट फरार भएका थिए । त्यसयता लामो समयदेखि प्रहरीको फरार सूचीमा थिए। ...

सिरहामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तर्क्रिया सम्पन्न

सिरहामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तर्क्रिया सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा मंसिर २५ गते सिरहामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमाको दायरा विस्तारमा बीमा सचेतनाको महत्व र मधेश प्रदेशमा कृषि तथा पशुपन्छी बीमाको विद्यमान अवस्था लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागीहरूले वास्त...

पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो
पाल्पा – पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । निस्दी गाउँपालिका–४ मित्यालको चिउरेवासमा आज विहान लु १ ज ३९०८ नम्वरको जीप दुर्घटना भएको हो । जीप दुर्घटनामा ज्यान गुमाएकाहरुको अहिलेसम्म परिचय खुल्न सकेको छैन । घाइतेहरुको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

वैदेशिक राेजगार विभाग परिसरबाट १३ जना बिचाैलिया पक्राउ

वैदेशिक राेजगार विभाग परिसरबाट १३ जना बिचाैलिया पक्राउ
काठमाडौं। प्रहरीले सर्वसाधारण नागरिकलाई वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै अनावश्यक झन्झट दिने १३ जना बिचौलियालाई पक्राउ गरेको छ। उनीहरूले वैदेशिक रोजगारको सिलसीलामा ठगिएका पीडितहरु न्यायका लागि वैदेशिक रोजगार विभागमा जाँदा घेराबन्दी गर्दै विभिन्न बहानामा बार्गेनिङ गर्ने गरेको प्रहरीले बताएको हाे। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। श्रम स्वीकृतिका लागि...

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर लिएको अभियोगमा सव–इन्जिनियरविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर लिएको अभियोगमा सव–इन्जिनियरविरुद्ध मुद्दा
काठमाडौँ, मङ्सिर २४ गते। बराहक्षेत्र नगरपालिका, चक्रघट्टी सुनसरीका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार मण्डलले भारतको विहार विद्यालय परीक्षा समिति, पटनाबाट माध्यामिक तहको परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको तथा मडैया वलुवा उच्च विद्यालय परित्याग समेतको नक...

देशभरका भन्सार कार्यालय सञ्चालनमा

देशभरका भन्सार कार्यालय सञ्चालनमा
काठमाडौँ, मङ्सिर २४ गते । मङ्सिर २१ गतेबाट लागु भएको भन्सार ऐनका केही प्रावधानबाट असन्तुष्ट भएका भन्सार एजेन्टहरूले सेवा सुचारु गर्ने भएका छन् । भन्सार विभागका निर्देशक (सूचना अधिकारी) किशोर वर्तौलाले भन्नुभयो, ‘‘भन्सार ऐनमा भएका कतिपय प्रावधान र जरिवानाका विषय उठान भएका थिए, कतिपय विषय विनियमावली बन्ने क्रममा रहेकाले स्पष्ट हुने छन् र कतिपय विषय सबै पक्षले ध्यान दिनुपर्ने छ, आजबाटै देशैभरका स...

‘मानवअधिकार, निर्वाचन र सुशासन’विषयक अन्तर पुस्ता संवाद

‘मानवअधिकार, निर्वाचन र सुशासन’विषयक अन्तर पुस्ता संवाद
विराटनगर ÷लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर विराटनगरमा ‘मानवअधिकार, निर्वाचन र सुशासन विषयक अन्तर पुस्ता संवाद’कार्यक्रम सम्पन्न भएको छ । गैससमहासंघ मोरङ र एकल महिला समूहको संयुक्त आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले सुशासन भए मात्रै देशमा मानव अधिकार स्थापित हुने धारणा राखे । जेनजी आन्दोलन पछि मुलुक आर्थिक, सामाजिक र राजनैतिक रुपमा रुपान्तरणको बाटोमा अगाडि बढेको बताउँदै उन...