माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज भदौ ४ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि भदौ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज भदौ ४ गतेसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। माण्डु हाइड्रोपावरले दुई आर्थिक वर्ष २०८१।८२ र २०८२।८३ को १४ औँ र १५ औँ वार्षिक साधारणसभा एकैपटक भदौ १८ गते...

सरकारी कार्यालयमा स्वदेशी वस्तु प्रयोग बढाउन आग्रह, मन्त्रालयलाई कार्यान्वयनको जिम्मेवारी

सरकारी कार्यालयमा स्वदेशी वस्तु प्रयोग बढाउन आग्रह, मन्त्रालयलाई कार्यान्वयनको जिम्मेवारी
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा सबै सरकारी कार्यालयमा सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनी व्यवस्थाकै अधीनमा रही उक्त प्रावधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वक्तव्य जारी गर्दै सङ्...

बेचबिखनको जोखिममा बालबालिका बढी

बेचबिखनको जोखिममा बालबालिका बढी
राधेश्याम विश्वकर्मा भैरहवा । मानव बेचबिखन तथा ओसारपसार रोकथाम, जोखिममा परेका व्यक्तिको उद्धार तथा पुनर्स्थापनाका क्षेत्रमा क्रियाशील शुभ अवसर ग्राम नेपाल, भैरहवाले एक वर्षको अवधिमा सीमा निगरानीदेखि उद्धार, पुनर्मिलन, मनोसामाजिक परामर्श र जीविकोपार्जन सहयोगसम्मका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको छ । संस्थाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदनअनुसार भारतबाट मानव बेचबिखन तथा...

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको उच्च प्राथमिकता

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको उच्च प्राथमिकता
गण्डकी । विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च प्राथमिकता दिएको छ । शिक्षा क्षेत्रको कानुनी, संरचनागत र प्रक्रियागत सुधारमा सरोकार भएका पक्षको माग र भावनालाई समेट्न मन्त्रालयले देशव्यापी रुपमा ‘शिक्षा संवाद’ अभियान सञ्चालन गरिरहेको छ । कोशी प्रदेशबाट सुरु भएको उक्त संवाद अभियान गण्डकी प्रदेश हुँदै बुधबार लुम्बिनी प्रदेश पुगेको छ...

भारतका स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता

भारतका स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
काठमाडौँ, भदौ ४ गते । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फिर्ता हुनुभएको छ । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका सेनाध्यक्ष सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गर्नुभएको थियो । भ्रमणका क्रममा सेनाध्यक्ष सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्...

खोलाले बगाएर बेपत्ता चार बालिकामध्ये एकजनाको शव भेटियो, एकजनाको उद्धार

खोलाले बगाएर बेपत्ता चार बालिकामध्ये एकजनाको शव भेटियो, एकजनाको उद्धार
मकवानपुर। हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेला परेको छ। निर्मल माविबाट पढेर फर्किने क्रमममा मंगलबार अपराह्न चार बालिकालाई सो खोलाले बगाएको थियो। उनीहरूमध्ये एकको सकुशल उद्धार गरिएको थियो भने एक जना मृतावस्थामा फेला परेकी थिइन्। २ जना बेपत्ता थिए। बेपत्ता भएकाको आज बिहानैबाट खोजीका क्रममा बिनिता भ्लोन खोलामा मृतावस्थामा फेला परेको...

१४ हजारको स्याम्पल पिसमा १ लाख घुस मागेपछि टिआईए भन्सार कार्यालयमै सामान छाडेर स्वदेश फर्किए चिनियाँ व्यवसायी

१४ हजारको स्याम्पल पिसमा १ लाख घुस मागेपछि टिआईए भन्सार कार्यालयमै सामान छाडेर स्वदेश फर्किए चिनियाँ व्यवसायी
काठमाडौं। सरकारले सुशासन, लगानीमैत्री वातावरण र वैदेशिक लगानी आकर्षणलाई राष्ट्रिय प्राथमिकताका रूपमा प्रचार गरिरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा भएको एउटा घटनाले यी नीतिगत नाराहरूको व्यावहारिक कार्यान्वयनमाथि गम्भीर प्रश्न उठाएको छ। चिनियाँ जहाजमार्फत नेपाल भित्रिएका एक चिनियाँ व्यवसायीलाई भन्सार कर्मचारीले घुस माग्दै हैरान पारेको र अन्ततः उनी आफ्नो सामान त्यहीं छाडेर...

विपन्नका लागि छुट्याइएका निःशुल्क शय्या खाली, उपचार नपाएर छटपटिँदै बिरामी

विपन्नका लागि छुट्याइएका निःशुल्क शय्या खाली, उपचार नपाएर छटपटिँदै बिरामी
काठमाडौँ । उपचारका लागि अस्पताल पुगेका विपन्न नागरिकले पैसा अभावमा पीडा सहनुपर्ने अवस्था रहे पनि सरकारले उनीहरूका लागि छुट्याएका हजारौँ निःशुल्क शय्या भने प्रयोगविहीन छन्। स्वास्थ्य मन्त्रालयको ‘निःशुल्क स्वास्थ्य पोर्टल’को अद्यावधिक विवरणअनुसार देशभरका ३० हजार ८ सय ७ शय्यामध्ये ३ हजार ८० शय्या विपन्न, असहाय र बेवारिसे नागरिकका लागि निःशुल्क छुट्याइएको छ। तर हाल ८ सय ६९ शय्या मात्रै प्रयोगमा छन् भ...

पाथीभराबाट तीन लाख १८ हजार भेटी सङ्कलन

पाथीभराबाट तीन लाख १८ हजार भेटी सङ्कलन
चन्द्र पन्दाक ताप्लेजुङ, भदौ ३ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराबाट साउन महिनामा तीन लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ । एक महिनाको अवधि अर्थात् साउनमा पाथीभराबाट उक्त भेटी रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउन महिनामा कुल तीन लाख १८ हजार ५०० रुपियाँ भेटी सङ्कलन भएको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो म...

विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ
काठमाडौँ – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम ‘थाई गाँजा’ सहित आठ विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ३९ दशमलव २८ किलोग्राम ‘थाई गाँजा’ सहित पाँच म्यान्माका र तीन भारतीय नागरिकलाई आज पक्राउ गरेको हो। ब्यूरोका सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार पक्राउ पर्नेमा थाइल्यान्डको बैङ्ककबाट थाई एयरवेजको उडानम...