काठमाडौं– मुक्तिनाथ विकास बैंकले ग्राहकलाई थप सेवासुविधा दिने उद्देश्यले बालकुमारीमा अवस्थित एथलेट ल्यान्ड एन्ड टे्रनिङ क्लबसँग विशेष छुट दिने सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकले उक्त व्यायामशाला मा ७.५० देखि १७.५०) प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त व्यायामशालामा एमएमए, बक्सिङ, एड्भान्स्ड कार्डियो, ग्रुप फिटनेस क्लासेस्, जुम्बा, योगाजस्ता सेवा उपलब्ध छन् । वर्कआउटपछि आरामका लागि सौना सुविधाको पनि व्यवस्था गरिएको छ । छुट तथा सुविधा प्राप्त गर्न बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।





