बेलबारी । मोरङको बेलबारी ४ ईमानसिंह चौकस्थित बिष्णुबहादुर तामाङको घरबाट लाखौ मुल्य बराबरको गहना र नगद समेत चोरी भएको छ ।
गत भदौ १२ गते घरधनी सहित सोही घर रुगेलको रुपमा रहेकी चित्रकुमारी सेन्चुरी समेत घरमा चाबी लगाएर खेतीको शिलशिलामा अन्यत्रै गएको र असोज १६ गते घरमा आई हेर्दा घरको पछाडीपटिको ग्रिल फुटाएर घर भित्र पसि ४ तोला सुनको चुरा, १ तोला सुनको तिलहरी र आठआना बराबरको सुनको औठी गरी करिब १६ लाख ५० हजार मुल्य बराबरको सुनको गहना,४० तोलाको चाँदीको हार र ७५ हजार नगद समेत चोरी भएको घरधनी बिष्णुबहादुरका छोरा उमेश घिसिङले जानकारी दिएका छन । चोरी भएको थाह भएपछि छोरी बिमला घिसिङले ईलाका प्रहरी कार्यलय बेलबारीमा निबदन समेत दिएकी छिन ।

तपाईको प्रतिक्रिया