विराटनगर । च्याम्पियन्स कराँते एकेडेमीले आयोजना गरेको बेल्ट अपग्रेड कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा एकेडेमीका ७० भन्दा बढी खेलाडी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा उद्योगपति तथा समाजसेवी देवकीनन्दन अग्रवाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा मोरङ जिल्ला सितोरियो कराँते संघका अध्यक्ष चन्द्र पराजुली, रंगेली डोजोका प्रशिक्षक गोपाल बराल, राष्ट्रिय खेलकुद परिषद्का कोच मन्जिल गौतम
, प्रशिक्षक साहिल गिरी, विवेक थापा तथा खेलाडीका अभिभावकहरूको सहभागिता थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्रसहित नयाँ बेल्ट प्रदान गरिएको थियो। प्रमुख अतिथि अग्रवालले खेलाडी विद्यार्थीहरूलाई आगामी दिनमा अझ मेहनत गर्दै उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरे। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको एकेडेमीले जनाएको छ।

तपाईको प्रतिक्रिया