पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन
काठमाडौँ, चैत ३ गते । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन गरी कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
परराष्ट्र मन्त्रालयको पत्रानुसार प्राप्त विस्तृत विवरणका आधारमा गृह मन्त्रालयले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएको हो । मोरङस्थित मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति ...









