कर्णाली प्रदेश सरकारद्वारा राउटे रणनीति स्वीकृत
हुम्ला – कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन राउटे संरक्षण नीति स्वीकृत गरेको जनाएको छ । लोपोन्मुख राउटे समुदायको मूल प्रवाहीकरण नीति–२०८३ स्वीकृत गरेसँगै आगामी आर्थिक वर्षबाट उक्त नीतिअनुरूप कार्ययोजना कार्यान्वयन हुने बताइएको छ ।
कर्णाली प्रदेश सरकारले सोही नीतिअनुसार नै आगामी आवका योजना तथा कार्यक्रममा समेटेर कार्यान्वयन गरिने स...









