काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले बजेटमा मध्यम वर्गलाई राहत दिए पनि ठगिएको दाबी गरेका छन्। आइतबार पार्टी कार्यालयमा भएको सुवर्ण शमशेर आर्थिक बहस कार्यक्रममा उनले मध्यम वर्गलाई २० हजार छुट दिएर ३४ हजार असुल्ने गरी काम भएको बताए।
उनले भने, ‘बजेटमा राहतको नाममा मध्यम वर्गलाई ठग्ने काम भयो। अगाडिबाट गोजीमा हालेको देख्यौँ, पछाडिबाट निकालेको देखेनौँ।’
यस्तै, बोर्डिङ स्कुलमा पढाउने र निजी अस्पतालमा उपचार गर्नु बाध्यता भएको भन्दै उनले समता शुल्क लगाउनु गलत भएको बताए। उनले भोलिका दिनमा कांग्रेस सरकारमा आउँदा रास्वपा सरकारमा हुँदा खराब मात्र गरेको नभन्ने उल्लेख गरे।







