विद्युतीय सवारीको भाडादर घटाउने तयारी
काठमाडौँ। यातायात व्यवस्था विभागले विद्युतीय सवारी (ईभी)को भाडादर १० प्रतिशतसम्म घटाउने तयारी गरेको छ। विभागले यस विषयमा आन्तरिक छलफल अघि बढाएको जनाएको छ।
हाल डिजेल बसको भाडादर निर्धारण गरिए पनि ईभी बसको भाडादर स्पष्ट रूपमा कायम नभएको भन्दै नयाँ दर निर्धारणबारे छलफल भइरहेको हो। डिजेल बसको तुलनामा ईभी बसको सञ्चालन खर्च कम पर्ने आधारमा भाडादर घटाउने प्रस्ताव गरिएको विभागको भनाइ छ।
विभागका महान...









