नसर्ने रोगका कारण आँखाको समस्या बढ्ने नेपालमा गरेको अध्ययनको निष्कर्ष

नसर्ने रोगका कारण आँखाको समस्या बढ्ने नेपालमा गरेको अध्ययनको निष्कर्ष
काठमाण्डाै – नेपालमा गरेको एउटा अध्ययनले नसर्ने रोगका कारण आँखामा हुने समस्याको जोखिम बढेको देखाएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानले झन्डै पाँच हजार जनालाई समेटेर गरेको काठमाण्डाै केन्द्रित आँखा अध्ययनले नसर्ने रोग भएकामा आँखाको समस्या बढी पाइएको हो । आज सार्वजनिक प्रतिवेदन अनुसार उच्च रक्तचाप भएका सहभागीहरूमध्ये एक प्रतिशतमा ‘हाइपरटेन्सिभ रेटिनोप्याथी’ थियो भने मधुमेह भएकाहरूमध्ये ७ दशमलव ३ प्रत...

मंसिर ०९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मंसिर ०९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन् । हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) समयमा होसियार बन्न नसक्दा काममा ...

रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त

रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त
काठमाडौँ- नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । आजको मन्त्रिपरिषद्को निर्णयले अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिनुभयो । हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जादै छन् । ।

नेपाल प्रिमियर लिगको बलियो दाबेदार विराटनगर किङ्ग्स

नेपाल प्रिमियर लिगको बलियो दाबेदार विराटनगर किङ्ग्स
काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उत्साह अहिले देशभर फैलिएको छ । र यो उत्साह बढाउन ठूलो भूमिका खेलेको छ—पूर्वी नेपालको प्रतिनिधि टोली विराटनगर किङ्ग्सले । अब विराटनगरको चर्चा केवल पूर्वमै सीमित छैन; जनकपुर, पोखरा, बुटवलदेखि सुदूरपश्चिमसम्म सबै क्रिकेटप्रेमीको नजर अहिले यही टोलीमा अडिएको छ । यस पटक नेपाली राष्ट्रिय टिमका चर्चित स्पिनर सन्दीप लामिछानेसँगै चर्चित विदेशी खेलाडी आएक...

मलेसियामा बाढीका कारण दश हजारभन्दा बढी मानिस विस्थापित

मलेसियामा बाढीका कारण दश हजारभन्दा बढी मानिस विस्थापित
क्वालालम्पुर (मलेसिया), मङ्सिर ८ गते । मलेसियामा हालै आएको बाढीको कारण दश हजारभन्दा बढी मानिस विस्थापित भएको उल्लेख गर्दै उत्तरी राज्य केलान्टान सबैभन्दा बढी प्रभावित भएको अधिकारीहरूले सोमबार घोषणा गरेका छन् । लामो समयदेखि भइरहेकोे भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित आठ हजार २४८ जनालाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको रेकर्ड सार्वजनिक गरिएको छ । अधिकारीहरूका अनुसार विस्थापितलाई ३३ वटा ...

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान भव्य रूपमा मनाउन आह्वान

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान भव्य रूपमा मनाउन आह्वान
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले साझा प्रतिबद्धता र ऐक्यबद्धता जनाउँदै सबै निकायलाई लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान भव्यताका साथ मनाउन आह्वान गरेको छ । मन्त्रालयले सम्बद्ध सबै निकायमा परिपत्र गर्दै हरेक वर्ष जस्तै यस वर्ष पनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियानलाई विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको हो । मन्त्रालयअन्तर्गत लैंगिक हिंसा निवारण शाखाका प्र...

आगलागीपीडितलाई मन्त्री हाङ्गामको आर्थिक सहयोग

आगलागीपीडितलाई मन्त्री हाङ्गामको आर्थिक सहयोग
साहारा लिम्बू फुङलिङ, मङ्सिर ८ गते । ताप्लेजुङको तेम्बा बजारका आगलागीपीडितलाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले आर्थिक सहयोग गर्नुभएको छ । मन्त्री हाङ्गामले मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा गत मङ्सिर २ गते मध्यराति भएको आगलागीपीडितलाई आर्थिक सहयोग गर्नुभएको हो । उहाँले आगलागीपीडित परिवारहरूलाई नगद ३६ हजार रुपियाँ प्रदान गर्नुभएको छ । दोस्रो फङ्फङ्देन...

गोदाममा लुकाएर राखिएका १३४ बोरा मल प्रहरी नियन्त्रणमा

गोदाममा लुकाएर राखिएका १३४ बोरा मल प्रहरी नियन्त्रणमा
कल्याणपुर (सप्तरी), मङ्सिर ८ गते । सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिकाबाट अवैध रुपमा लुकाएर राखिएको रसायनिक मल डिएपी नियन्त्रणमा लिएको छ । नगरपालिकाको वडा नम्बर ९ इनर्वा चौकस्थित एक पुरानो राइसमिल गोदाममा अवैध रूपमा लुकाएर राखिएको अवस्थामा १३४ बोरा डिएपी मल प्रहरीले नियन्त्रणमा लिएको हो । गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय सप्तरी, सशस्त्र प्रहरी बल नम्बर ६ गण गोरगमा र इलाक...

हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो

हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो
काठमाडौँ, मङ्सिर ७ गते। सरकारले बारा र पर्सामा करिब ९० प्रतिशतलाई हैजाविरुद्धको खोप लगाएको छ। दुई चरणमा सम्पन्न भएको बारामा ८८ दशमलव २५ प्रतिशत र पर्सामा ९० प्रतिशतलाई खोप लगाइएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा .अभियान गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बारामा तीन लाख २२ हजार ९२६ र पर्सामा पाँच लाख ८९ हजार ३५४ जनालाई हैजाको महामारीविरुद्ध प्रतिकार्य खोप अभियानअन्त...

मंसिर ०८ गते सोमबार, यस्तो छ तपाईको राशिफल

मंसिर ०८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ । पढाइ लेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । वृष (...